समाचार
एनपीनगको एघारौं संस्करण सम्पन्न, ज्ञान आदानप्रदान र क्षमता अभिवृद्धिमा सघाएको विश्वास
६ दिनसम्म सञ्चालन भएको नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण ‘एनपीनग ११’ सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागीतामा असार १ देखि ६ सम्म काठमाडौँमा एनपीनग ११ सञ्चालन भएको थियो ।
नेटवर्किङ तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत प्राविधिकहरूका लागि ज्ञान आदानप्रदान, सीप अभिवृद्धि, र पेशागत सञ्जाल विस्तारको उद्देश्यसहित हरेक वर्ष एनपीनग आयोजना हुँदै आएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर ज्ञान आदान प्रदान र कम्युनिटी विस्तार गर्न एनपीनग आयोजना गर्दै आएको एनपीनगका अध्यक्ष समित जनले जानकारी दिए ।
यस्तै एनपीनग ११ कन्फेरेन्सका प्रमुख अतिथि तथा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कानुन परिमार्जन गर्ने कार्य अगाडि बढाएको जानकारी दिएका थिए ।

कन्फरेन्समा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव सुवास ढकालले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, डेटा संरक्षण नीति र एआई नीतिका बारेमा प्रस्तुती दिएका थिए ।
यस्तै एनपीएक्सका प्रबन्ध निर्देशक तथा सानगका अध्यक्ष रूपेश भक्त श्रेष्ठले आगामी दिनमा सानगमार्फत ठूला ठूला सम्मेलन आयोजना गर्ने बताएका थिए ।
सिल्भर लाइनिङका सीटीओ प्रदिप लामिछानेले डेटा सेन्टर र क्लाउडको विषयमा ओपनिङ किनोट स्पीच दिएका थिए । यस्तै कन्फेरेन्समा अप्टिक्स, साइबर सुरक्षा, नेटवर्क सुरक्षा, डीएनएस लगायतका विषयमा टेक्निकल सेसन समेत सञ्चालन भएको थियो ।
कार्यक्रममा ‘कनेक्टिभिटी एण्ड वियोन्ड’ विषयमा प्यानल छलफल समेत भएको थियो, जसमा वक्ताको रूपमा एयरटेल बिजनेसका मिशा धनोआ, सुबिसुका अध्यक्ष सुधिर पराजुली र नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौड्याल रहेका थिए । छलफलको सहजीकरण रूपेश भक्त श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको क्लोजिङ किनोटको रूपमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले डिजिट डिभाइड अन्त्यको विषयमा प्रस्तुती दिएका थिए ।
एनपीनग ११ कन्फेरेन्स करिब ३० जना अन्तर्राष्ट्रिय विज्ञ तथा प्रतिनिधिको समेत सहभागीता रहेको थियो । कन्फेरेन्स हुनभन्दा अगाडि ५ दिन वर्कशप सञ्चालन भएको थियो । यस पटक आईएसपी कोर मास्टरक्लास, इन्टरप्राइज नेटवर्क १०१ र नेटवर्क अटोमेसनमा असार १ गतेदेखि ४ गतेसम्म कार्यशाला भएको थियो ।
त्यस्तै असार ५ गते अनुभवी प्रशिक्षकहरूबाट विभिन्न प्राविधिक विषयहरूमा ट्युटोरियल शत्र सञ्चालन गरिएको थियो । वर्कशपमा करिब ८० जनाको सहभागीता रहेको थियो । कार्यक्रमले ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धिमा र पेशागत सञ्जाल विस्तारमा सघाएको विश्वास गरिएको छ ।
समाचार
एमआईटी अध्ययनः अत्यधिक च्याटजीपीटी प्रयोगले विद्यार्थीहरूको क्रिटिकल थिंकिङ र ब्रेन एक्टिभिटी घटाउँछ
यदि तपाईंले पनि च्याटजीपीटी वा यसजस्ता कुनै पनि एआई टूलको अत्यधिक प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि एउटा चेतावनी छ। किनकि च्य…
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर
विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरूवात गरेको…
नेदरल्यान्डको चेतावनी: १५ वर्षमुनिका बालबालिकामा मानसिक असर बढ्दै, टिकटक र इन्स्टाग्राम प्रयोग नगर्न आग्रह
नेदरल्यान्ड सरकारले मंगलबार अभिभावकहरूलाई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्मको …
साम अल्टम्यानको भविष्यवाणी: एआई अहिले इन्टर्न, चाँडै अनुभवी सफ्टवेयर इन्जिनियर बन्छ
अहिलेको समयमा धेरै ठूला टेक दिग्गज कम्पनीहरू एआईलाई अझ उन्नत बनाउन जुटिरहेका छन् । यसैबीच ओपनएआईका सीईओ स्याम अल्टम्यानले…
विदेशमा आईटी कम्पनीले १० लाख डलरसम्म लगानी गर्न पाउने
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । नेप…
ह्वाट्सएपमा च्याटजीपीटी अपडेट: इमेज जेनरेशन र भ्वाइस इनपुट सुविधा थपियो
ह्वाट्सएपमा उपलब्ध च्याटजीपीटीलाई ठूलो अपडेट प्राप्त भएको छ। अब प्रयोगकर्ताहरू यस प्लेटफर्ममा केवल टेक्स्ट च्याट मात्रै होइन, इमेज जे…
एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आय…
अब पठाओ झन् सस्तो: सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट
राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक&…
फोनलोन नतिर्ने ५० जना ग्राहकको विवरण सार्वजनिक
लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।
फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत देखिने
फेसबुकले पुनः एकपटक आफ्नो एपको भिडियो सेक्सनलाई नयाँ नाम दिँदैछ । पहिले ‘भिडियो’ र त्यसअघि ‘वाच’ भ…
डेटा गोपनीयता: तपाईंको फोनमा रहेका एआई टूलहरूले कुन–कुन डेटा सङ्कलन गर्दैछन् ?
आजकाल मानिसहरू दैनिक जीवनमा धेरै प्रकारका एआई टूल्स प्रयोग गर्छन्, जस्तै च्याटजीपीटी, माइक्रोसफ्ट कोपाइलट वा स्मार्टवाचबाट आफ्नो फि…
ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने
ताइवानको वाणिज्य मन्त्रालयले चीनका दुई दिग्गज टेक कम्पनीहरू ह्वावे टेक्नोलोजीज् र सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआ…
बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने
बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योज…
दुई चर्चित गेमिङ टिमसँग इनफिनिक्स नेपालको सहकार्य
इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र…
लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने
लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ ।&n…