समाचार
संसारकै पहिलो कार्बन–१४ डायमण्ड ब्याट्री: हजारौँ वर्ष टिक्ने ऊर्जा समाधान
वैज्ञानिक र इन्जिनियरहरूको टोलीले मिलेर यस्तो ब्याट्री तयार गरेका छन्, जसले हजारौँ वर्षसम्म काम गर्न सक्छ र डिभाइसलाई पावर सप्लाई दिन सक्छ । युकेको अक्सफोर्डशायरको कुलहाममा युके एटमिक इनर्जी अथरिटी (यूकेएईए) ले ब्रिस्टल विश्वविद्यालयसँग मिलेर संसारकै पहिलो कार्बन–१४ डायमण्ड ब्याट्री निर्माण गरेका छन् । वैज्ञानिकहरूको भनाइ अनुसार यसको प्रयोग मेडिकल टूल जस्तै अक्युलर इम्प्लान्ट, हियरिङ एड, र पेसमेकरमा गर्न सकिन्छ, जसले गर्दा यी उपकरणहरूमा ब्याट्री परिवर्तन गर्ने आवश्यकता लगभग समाप्त हुनेछ ।
यूकेएईएमा ट्रिटियम फ्यूल साइकलकी निर्देशक सारा क्लार्कले यसलाई सुरक्षित र दिगो ऊर्जा उपलब्ध गराउने एक उपाय’ भनेकी छिन् । उनले थपिन्, ’यो एक उदीयमान प्रविधि हो, जसले कार्बन–१४ को सानो मात्रालाई सुरक्षित तरिकाले घेर्नका लागि म्यानुफ्याक्चर्ड डायमण्डको प्रयोग गर्छ ।’
यो ब्याट्री कसरी काम गर्छ?
यस ब्याट्रीमा कार्बन–१४ प्रयोग गरिएको छ, जुन कार्बनको एउटा रेडियोएक्टिभ आइसोटोप हो । यसको आधा–जीवन ५,७०० वर्ष हो । यसको मतलब यो हो कि ब्याट्री हजारौँ वर्षपछि पनि आफ्नो आधा ऊर्जा कायम राख्न सक्छ । प्रोटोटाइपको रूपमा तयार गरिएका ब्याट्री १० मिमी ह १० मिमी आकारका छन् र मोटाइ ०.५ मिमीसम्म छ ।
कार्बन–१४लाई यो कारणले छानियो, किनकि यसले सर्ट–रेन्ज विकिरण उत्सर्जन गर्छ, जसलाई कुनै पनि ठोस पदार्थले छिटो अवशोषण गर्न सक्छ । यसलाई मानव जातिका लागि ज्ञात सबैभन्दा कठोर पदार्थ, अर्थात् हीराको भित्री भागमा सुरक्षित रूपमा राखिन्छ । यसको अर्थ, छोटो दूरीको कुनै पनि विकिरण यसबाट बाहिर निस्कन सक्दैन् ।
यो सौर प्यानलको जस्तै काम गर्छ, तर प्रकाश कणहरूको सट्टा, यसले हीराको संरचनाभित्रबाट तीव्र गतिमा चल्ने इलेक्ट्रोनहरूलाई समात्छ । यो ब्याट्रीलाई अत्यन्तै कठिन वातावरणमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई अन्तरिक्षमा र पृथ्वी दुबै ठाउँमा प्रयोग गर्न सकिन्छ, जहाँ परम्परागत ब्याट्रीहरूलाई प्रतिस्थापन गर्नु व्यवहारिक हुँदैन् ।
ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक टम स्कटले भने, ’हाम्रो माइक्रोपावर प्रविधि स्पेस टेक्नोलोजी र सुरक्षा उपकरणहरूदेखि लिएर मेडिकल इम्प्लान्टसम्मका धेरै महत्वपूर्ण अनुप्रयोगहरूलाई समर्थन गर्न सक्छ । हामी आगामी केही वर्षमा उद्योग र अनुसन्धानका साझेदारहरूसँग मिलेर यी सबै सम्भावनाहरू पत्ता लगाउन सक्षम हुने कुरामा उत्साहित छौँ ।’
यो ब्याट्रीले न्युक्लियर फोहोर व्यवस्थापन गर्न एक सुरक्षित उपाय पनि प्रदान गर्दछ । कार्बन–१४ केही न्युक्लियर फ्युजन पावर प्लान्टहरूमा ग्रेफाइट ब्लकहरूमा उत्पादन हुन्छ ।
समाचार
बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने सरकारको प्रतिबद्धता
महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्…
नेपालमा टिकटकले सुरु गर्यो सेफ्टी एम्बेसडर कार्यक्रम, डिजिटल सुरक्षा बारे सचेतना दिइने
सुरक्षित डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरू गरेको छ । प्रयोगक…
जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा
जीमेल प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । जीमेलको सेफ लिस्टिङ फिचरले इनबक्सलाई आफ्नै अ…
विश्वकै सर्वाधिक प्रयोग हुने वेबसाइट र एप: गुगलदेखि ह्वाट्सएपसम्मको सूची
आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं । …
साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा
सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउ…
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले
च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले …
ओपन एआईले नियुक्त गर्यो पहिलो चीफ मार्केटिङ अफिसर
साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान
एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…
शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक
सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…
जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो
जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…
कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?
विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…
चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…
इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स
इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने
नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…
स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?
स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…