समाचार
जेनेस सलुशनलाई एडब्लुएस प्रिमिएयर टिएर सर्भिसेज पार्टनरको मान्यता
डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ। विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।
जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले एडब्लुएसको प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु देशकै लागि पनि गौरवको क्षण भएको बताए ।
जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई एडब्लुएसमा आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पुर्याउँदै आएको छ।
जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले उसका ग्राहक तथा साझेदारहरूलाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोतसाधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्याप तथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियमअनुसारको सेवा पाउन सहयोग पुर्याउने कम्पनीले बताएको छ।
जेनेस सलुशनका प्रमुख प्राविधिक अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले प्रिमियर पार्टनर पश्चात एडब्लुएससँग सहकार्य गर्दै जटिल डिजिटल चुनौतीहरूको समाधान गर्न र ग्राहकलाई विश्वस्तरको समाधान प्रदान गर्न थप मौका दिने बताए ।
समाचार
मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड
नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्तालाई विश्व…
जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल
जापानका शोधकर्ताहरूले एक सेकेन्डमा १.०२ पेटाबाइट्स (१.०२ मिलियन जीबी) को इन्टरनेट गति हासिल गरी नयाँ विश्व रेकर्ड कायम गरेका …
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने
नेपाल राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने
नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२-८३ को म…
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।
२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो
स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ ।
नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…
न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा
एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग
नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…
गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा
गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…
एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै
नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …
माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव
यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी
सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…