इन्नोभेशन
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटा इन्नोभेसनलाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।सोसल इन्नोभेसन आइसिटी अवार्ड समाजमा सकारात्मक रूपान्तरण ल्याउने खालका परियोजनालाई प्रदान गरिन्छ ।
यस वर्ष थप भएको सोसल इन्नोभेसन विधामा विगत ५ वर्षको अवधिमा विकास भएका इन्नोभेसनले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन:
कता हो
कताहो नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्न र कुनै पनि ठाउँको नाम दोहोरिन नदिने बहुउपयोगी स्थानीय डिजिटल ठेगाना प्रणाली हो । पाँच वर्षको अनुसन्धानपछि विकास भएको कताहोबाट सहजै डिजिटल ठेगानाहरू सिर्जना गरेर शेयर गर्न र खोज्न सकिन्छ । नेपाली शब्द र अंक मिलाएर बनाएको यस वैज्ञानिक ठेगाना प्रणाली कताहो निःशुल्क प्रयोग गर्न सकिने छ ।
ई कागज पत्र
सरकारी सेवा प्रवाहलाई सहज र सजिलो बनाउन विकास भएको प्लेटफर्म हो, ईकागजपत्र । सरकारी सेवा लिनका लागि चाहिने आवश्यक कागतपत्र, प्रक्रिया र गर्ने तरिका जानकारी भिडियोसहित ईकागजपत्रमै उपलब्ध हुन्छ । साथै यसमा ट्रान्सलेसनको समेत सुविधा छ, जसले गर्दा अंग्रेजीमा टाइप गर्दा आफै नेपाली भाषामा अनुवाद हुनेछ ।
जिओकृषि
समग्र कृषि इकोसिस्टमलाई डिजिटलाइज गरिरहेको प्लेटफर्म हो, जिओकृषि । जिओकृषिले किसान, प्राविधिक, सप्लायर, बजार र स्थानीय सरकारलाई एउटै माध्यममा जोड्ने काम गरिरहेको छ । अहिलेसम्म जिओकृषिमा २ लाख बढी किसान जोडिएका छन् ।
एलएमसी अलर्ट
नगरबासीहरूको सहजताका लागि ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एप हो, एलएमसी अलर्ट । यो एपबाटै नगरबासीहरूले आफ्नो गुनासो पठाउनेदेखि समस्या वा विपत्तीस समेत जानकारी सिधैं नगर प्रहरीलाई दिन सक्ने छन् ।
दमकल, एम्बुलेन्स, शववाहन बोलाउनदेखि कालो बजारी भइरहेको देखिएमा, बिना स्वीकृति संरचना निर्माण भएकोबारे, फुटपाथमा व्यापार गरेको, अनधिकृत विज्ञापन गरेको, सार्वजनिक जग्गा हडपेको देखिएमा पनि एपमार्फत नै गुनासो गर्न सकिने छ । यसबाट इन्टरनेट नभएको अवस्थामा पनि जानकारी दिन सकिने छ ।
सफा नेपाल
सफा नेपाल फोहोर व्यवस्थापन गर्न र वातावरणीय दिगोपनमा सघाउनका लागि विकास गरिएको नवीन डिजिटल प्लेटफर्म हो । नागरिक, स्थानीय सरकार र फोहर व्यवस्थापन गर्ने कम्पनीहरू सहकार्य गर्दै सफा नेपालले सफा र स्वस्थ समुदाय निर्माण गर्न काम गरिरहेको छ । यसमा जीपीएस ट्रयाक, गुनासो दर्ता, जियो लोकेसन एण्ड म्यापिङ, डेटा ड्रिभन निर्णय लगायतका सुविधाहरू समेत रहेका छन् ।
इन्नोभेशन
केयुका विद्यार्थीले बनाए विद्युतीय कार, फर्मुला भारत च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ विश्वविद्यालय (केयु) का विद्यार्थीहरुले फर्मुला थ्री रेस विद्युतीय कारको निर्माण गरेका छन् । काठमाडौँ विश्वविद्यालयको टिम…
विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि
नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु ।…
गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम
हामीले दूध दिनहुँ उपभोग गर्छौ । चियाँ खान होस् वा दूध पिउन नै किन नहोस् दूधको प्रयोग हरेक घरमा हुन्छ । तर, हामी बजारमा जस्तो …
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि …
फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाँउने उपयुक्त प्लेटफर्म 'ड्रेसन'
पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ प्रविधि प्रयोग गरेर नयाँ कुरा बनाइ राखेका हुन्छन् । खासगरी कलेज पढ्ने विद्यार्थीले । यहीँ नय…
नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'
शुद्ध नेपाली अहिले निकै महत्वपूर्ण मानिन्छ । नेपाली लेख्न भनेजस्तो सजिलो पनि छैन । जतिनै शुद्ध लेखेपनि कही न कही त बिग्रेकै हुन्…
दृष्टि विहीनहरुको आँखाको ज्योति बन्दै 'दृश्य'
मानिसको सबैभन्दा अमूल्य चिज भनेको आँखा हो । यदि कसैले आँखा देख्दैन भने केही रमणीय दृश्यहरु गुमाउन सक्छ । आफ्नो आवश्यक डकुमेन्टह…
वेयर प्लान मिरर जसले ऐना मार्फत सुहाउँदो लुगा ट्राइ गर्न दिन्छ
सपिङ । साना देखि ठूला सबै जो कोहिले सपिङ गर्छन् । कोहीले ठूला ठूला मलमा गएर सपिङ गर्छन् त । कोहीले साना साना बजारमा गएर सपि…