टेलिकम
एक महिनामै करिब २ लाख घटे फोरजी प्रयोगकर्ता, के होला कारण ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै करिब २ लाखले घटेको छ । २०८१ मंसिरसम्म २ करोड ५२ लाख ६० हजार २५३ फोरजी प्रयोगकर्ता रहेकोमा पुसम्म आउँदा २ करोड ५० लाख ७५ हजार ४१९ मा सिमित भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ पुसको दूरसञ्चार सूचक अनुसार फोरजी सेवा प्रयोग गर्नेको संख्या २ करोड ५० लाख ७५ हजार ४१९ छन् ।
जबकी २०८१ मंसिरसम्म फोरजी प्रयोग गर्ने प्रयोगकर्ताको संख्या २ करोड ५२ लाख ६० हजार २५३ रहेको थियो । यो अनुसार १ महिनामै १ लाख ८४ हजार ८३४ प्रयोगकर्ता घटेका छन् ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नचलेका पूराना नम्बरहरू सिस्टमबाट हटाउँदा घटेको देखिएको बताए । ‘खासमा फोजरी प्रयोगकर्ताको संख्या घटेको होइन,’ उनले आइसिटी समाचारसँग भने, ‘पूराना नचेलका नम्बर सिस्टमबाट हटाउँदा नदेखिएको हो ।’
यो अवधिमा नेपाल टेलिकमले १ लाख ५६१ फोरजी प्रयोगकर्ता गुमाएको छ भने एनसेलले ८४ हजार ३१६ फोरजी प्रयोगकर्ता गुमाएको छ ।
मंसिरसम्म नेपाल टेलिकमका १ करोड ३२ लाख ५८ हजार ३९५ र एनसेलका १ करोड २० लाख १ हजार ८९८ फोरजी प्रयोगकर्ता रहेका थिए ।
तर पुससम्म आउँदा यो संख्या नेपाल टेलिकमको १ करोड ३१ लाख ५७ हजार ८३७ र एनेसेलका १ करोड १९ लाख १७ हजार ५८२ सिमित भएको छ ।
टेलिकम
एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, समयसापेक्ष कानुन नहुँदा मारमा
झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन्। अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबी…
बजारमा उपलब्ध भए नेपाल टेलिकमका रिचार्ज कार्डहरू
नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा उपलब्ध भएका छन् । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसके…
घट्यो नेपाल टेलिकमको आम्दानी र खुद नाफा, यस्तो छ कारण
नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा…
विपद्को घडीमा एनसेलको साथ, ग्राहकलाई परिवार, आफन्तसँग सम्पर्कमा रहन निःशुल्क डेटा
एनसेलले असोज १२ गते शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको …
२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।
नेपा…
एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता
निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर…
एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने
एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी च…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्दे…
सबै जिल्लामा पुग्यो टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३…
घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा
नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । टेलिकमले सार्वजनिक गरेको …
एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्
एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी …
एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, प्रिमियम कन्टेन्टहरुको मज्जा लिन सकिने
एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टह…
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने
एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै …
एनसेल ल्यायाे बिज सधै अन प्लान, पाेष्टपेड ग्राहकले अब आफैले प्लान अपग्रेड गर्न सक्ने
नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको 'विज सधैं अन' योजन…