टेलिकम
भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट
काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावर पूर्णरूपमा नष्ट गर्नुका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा क्षति पुर्याएको छ ।
कम्पनीले गरेको प्रारम्भिक आकलनअनुसार बाढी तथा पहिरोबाट भएको क्षतिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको छ ।
विपद्बाट प्रभावित ग्राहकलाई सञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन् ।
बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई नि:शुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ । सुरुमा गत बुधबारदेखि तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो ।
एनसेलका अनुसार सोमबारसम्म ग्राहकहरूले प्रयोग गरेको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ । प्रभावित क्षेत्रमा डाउन भएका मोबाइल टावरको संख्या घट्दै गएसँगै नि:शुल्क सेवाको प्रयोग समेत बढिरहेको कम्पनीले जनाएको छ ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङका २७ वटा एनसेल टावर प्रभावित भएका थिए । तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ । बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
नुवाकोटको त्रिशूली, बिदुरस्थित एउटा टावर र रसुवाको तिरुमा रहेको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीलाई फिल्डमा खटाइएको छ । आवश्यक मर्मत तथा पुन:स्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ ।
यसैबीच, आपतकालीन अवस्थामा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सेवा पुन: सक्रिय गरिदिएको जनाएको छ । ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई समेत पुनः सक्रिय गरिएको कम्पनीको भनाइ छ ।
सेवा पुन: सक्रिय भएपछि ती ग्राहकले पनि एनसेलले उपलब्ध गराएको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को कठिन समयमा उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कमा रहनुका साथै उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिन सहज भएको कम्पनीले जनाएको छ ।
एनसेलले नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र एसएमएस समेत सम्प्रेषण गरिरहेको छ । त्यस्ता सन्देशमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि बैंक खाता, क्यूआर कोड वा लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामाग्री पोस्ट नगर्न र त्यस्ता सामाग्री पोस्ट भइसकेका भए तत्काल हटाउन समेत एनसेलले अनुरोध गरेको छ ।
बाढीबाट आफ्नै पूर्वाधारमा ठूलो क्षति भएपनि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न तथा आपतकालीन अवस्थामा ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउन कम्पनीले प्राविधिक तथा सेवा पुन:स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।
टेलिकम
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुन: सुचारु
काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ…
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालनमा तीव्रता
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन…
बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना
काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चा…
बाढी प्रभावितलाई टेलिकमको राहत प्याकेज, ३ दिन थपियो नि:शुल्क सञ्चार सुविधा
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस …
नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Rec…
रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा त…
स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्व…
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर…
टेलिकमको नाफामा उल्लेख्य वृद्धि, तीन महिनामै ४ अर्ब माथि
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद मुनाफा उल्ले…
नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवर…
प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति एनसेलको आपत्ति, भन्यो- ‘गोपनीयताको गम्भीर उल्लङ्घन’
काठमाडौं । एनसेलले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ …
स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : बैंकका अध्यक्षदेखि प्राधिकरणका पूर्वअध्यक्षसम्म २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरी एनसेललाई बिक्री गरेको प्रकरणले नयाँ कानुनी मोड लिएको छ । जिल्…
नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव
काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल …
नेपाल टेलिकमको विशेष सहुलियत : पुरानो बक्यौता तिर्दा जरिवाना छुट, अटेर गरे कानुनी कारबाही
काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि बक्यौता महशुल नतिरेका ग्राहकलाई राहत दिने उद्देश्यले विशेष योजना सा…
स्मार्ट टेलिकम प्रकरणमा पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डार…