टेलिकम
स्मार्ट टेलिकम प्रकरणमा पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ ।
सिआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई स्मार्ट टेलिकमसम्बन्धी अनुसन्धानका लागि बिहीबार बेलुकीदेखि नियन्त्रणमा राखिएको हो ।
"उहाँ हाल अनुसन्धानकै सिलसिलामा हाम्रो नियन्त्रणमा हुनुहुन्छ । स्मार्ट टेलिकमसँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो," प्रवक्ता जबराले जानकारी दिए ।
यसैबीच, केही दिनअघि व्यवसायी उपेन्द्र महतोलाई पनि सिआईबीले सोधपुछका लागि बोलाएको थियो । तर, महतोसँग गरिएको सोधपुछ स्मार्ट टेलिकम प्रकरणसँग प्रत्यक्ष सम्बन्धित नभई अन्य विषयमा रहेको र उनी हाजिर जमानीमा रिहा भइसकेको सिआईबीले स्पष्ट पारेको छ ।
यसअघि स्मार्ट टेलिकमका उपकरण बैंकिङ लिलामीमार्फत बिक्री गरिएको प्रकरणमा कम्पनीका सञ्चालक सर्वेश जोशी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पनि सिआईबीले पक्राउ गरेको थियो ।
पछि सर्वोच्च अदालतको आदेशपछि पाण्डे रिहा भएका थिए भने जोशीलाई पनि केही दिनपछि हाजिर जमानीमा छाडिएको थियो । स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न आर्थिक तथा प्रशासनिक पक्षबारे सिआईबीले अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।
टेलिकम
आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द
काठमाडौं । एनसेलले आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गरेको छ । कम्पन…
नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै
काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्…
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : सेवा छिटो, सहज र पूर्ण डिजिटल बनाऊ
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीलाई अझ छिटो, सहज र प्रवि…
थ्रीजी सेवा बन्द गर्दै एनसेल, यसरी भोल्टे प्रयोग गरी लिन सकिन्छ फोरजीकै सेवा
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्…
नेपाल टेलिकमको नयाँ प्याकेज : सब्सक्रिप्सन आधारित स्वतः नवीकरण सुविधा, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक रूपमा प्याकेजलाई स्वत: नवीकरण गर्न सक्नेछन् । …
नेपाल टेलिकमको नयाँ सुविधा : के हो सब्सक्रिप्सन बेस्ड मोडेल, कसरी हुन्छ प्याकेज स्वत: नवीकरण ?
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि नयाँ सुविधा सुरु गर्ने भएको छ । अब ग्राहकले एकपटक आफूल…
नेपाल टेलिकमको डिजिटल रूपान्तरणमा ‘भाइब कोडिङ’ : एआईसँगको सहकार्यले कसरी आफैं बनाउँदैछ सफ्टवेयर ?
काठमाडौं । नेपाल टेलिकम अब महँगा विदेशी सफ्टवेयर खरिद गर्ने वा हरेक नयाँ प्रणालीका लागि बाह्य भेन्डरमा…
फिफा विश्वकप पाइरेसीमाथि कडा प्रहार : यी ३५ वेबसाइट र एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेक…
टेलिकमको नयाँ व्यवस्था, घरमै बसेर नयाँ प्रिपेड ई-सिम लिन सकिने
काठमाडौं । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । यससँगै ई-सिम लि…
एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० …
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सि…
टेरामक्स भ्रष्टाचार प्रकरण: प्राविधिक परीक्षणका लागि विशेष अदालतद्वारा विज्ञ समूह गठन
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा प्राविधिक परीक्षणका ल…
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ?
नेपालको दूरसञ्चार क्षेत्र पछिल्ला वर्षहरूमा नीतिगत अन्योल, नियामकीय असमानता र लगानीको अनिश्चितताबाट गुज्रिरहेको छ। यही पृष्ठभूमि…
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्रा…
पुरानै प्रविधिमा नेपाल टेलिकम: डेढ दशकपछि पनि नयाँ बिलिङ प्रणाली नटुंगिने संकेत
सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम लामो समयदेखि राजनीतिक र आर्थिक रुपमा चलखेलको केन्द्र बन्दै गएको छ । जसको …