टेलिकम
बाढी प्रभावितलाई एनसेलको राहत : नि:शुल्क सेवा अवधि थप ७ दिन थप
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको अवधि पुन: ७ दिन थप गर्ने घोषणा गरेको छ । सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलले यो नि:शुल्क सेवा भोलि भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन् । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि नि:शुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पु¥याइएको थियो ।
“यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा नि:शुल्क सेवाको अवधि पुन: ७ दिन थप गर्ने निर्णय गरेका हौं । अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुन: सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो नि:शुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ ।
प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा
एनसेलले भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुन: सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले बाँकी टावरहरू पुन: सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए । हिजो बिहीबार कम्पनीले आफ्नो २५ औं टावर नुवाकोटको त्रिशुलीमा पुन: सञ्चालनमा ल्याएको छ । रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ ।
रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु¥याई सेवा पुन: सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ ।
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा खोज, उद्धार, राहत र जनचेतना फैलाउने लगायतका कार्यमा सहयोग पु¥याउँदै आएको छ । सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत सम्प्रेषण गर्दै आएको छ ।
यसैगरी, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु १ करोड सहयोग गरेको थियो ।
टेलिकम
नेपाल–चीन सीमासम्म मोबाइल सेवा पुन: सञ्चालन, थप ७ बीटीएस साइट सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ…
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुन: सुचारु
काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ…
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालनमा तीव्रता
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन…
बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना
काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चा…
बाढी प्रभावितलाई टेलिकमको राहत प्याकेज, ३ दिन थपियो नि:शुल्क सञ्चार सुविधा
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस …
नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Rec…
रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा त…
स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्व…
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर…
टेलिकमको नाफामा उल्लेख्य वृद्धि, तीन महिनामै ४ अर्ब माथि
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद मुनाफा उल्ले…
नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवर…
प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति एनसेलको आपत्ति, भन्यो- ‘गोपनीयताको गम्भीर उल्लङ्घन’
काठमाडौं । एनसेलले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ …
स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : बैंकका अध्यक्षदेखि प्राधिकरणका पूर्वअध्यक्षसम्म २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरी एनसेललाई बिक्री गरेको प्रकरणले नयाँ कानुनी मोड लिएको छ । जिल्…
नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव
काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल …
नेपाल टेलिकमको विशेष सहुलियत : पुरानो बक्यौता तिर्दा जरिवाना छुट, अटेर गरे कानुनी कारबाही
काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि बक्यौता महशुल नतिरेका ग्राहकलाई राहत दिने उद्देश्यले विशेष योजना सा…