कीवर्डहरू -

टेलिकम

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, प्रिमियम कन्टेन्टहरुको मज्जा लिन सकिने

एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।

लायन्स्गेट प्ले लायन्स्गेट ईण्डिया र स्टार्जबाट पाईने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको छ ।

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो । ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको छ ।  

‘लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकहरुका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्स्गेटको वृहद् संग्रहमा पहुँच दिन्छ,’ एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने, ‘स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।’

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् ।
  
‘विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,’ लायन्स्गेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने । ‘समिक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरू सहित हाम्रो सामग्रीहरुको वृहद् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरुका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौं ।’

लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।


 

टेलिकम

नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएललाई एफटीटीएचमा स्तरोन्नति

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटी…

विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, जिल्लामा र्‍यापिड रेस्पोन्स टोली गठन

एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्त…

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकाहरू मध्येबाट १६ जनाको नाम स्वीकृत भएको…

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिन दिएका छन् । आवेदन दिने अन्तिम समय मंगलबार साँज ५ बजेसम्म १७ जनाले द…

अब आफैले रोजेर एनसेलको नम्बर लिन सकिने

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र …

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान…

सीजी टेलिकमको लाइसेन्स स्वतः रद्द

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । २०८० मंसिर १६ गते स्वतः लाइसेन्स रद्द भएको जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले बिही…

एनसेल एपबाट नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाइने

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल…

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन


एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा…

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयो…

गणतन्त्र दिवसको अवसरमा टेलिकमले अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आगामी जेठ १५ गते मनाउन लागिएको  गणतन्त्र दिवसको…

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

 नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा करिब ५२ लाख ६७ हजार रूपैयाँ राजस्व गुमेक…

पाटन र सैंबुमा टेलिकमको कपर प्रविधिलाई एफटीटीएच नेटवर्कमा स्तरोन्नति

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंबुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आध…

कोशी प्रदेशमा पोल प्रयोग गर्ने केबल र इन्टरनेट सेवा प्रदायकलाई भाडा तिर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकलाई पोल भाडा तिर्न अनुरोध गरेको छ …