कीवर्डहरू -

टेलिकम

अघि बढ्यो नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया, कसले मार्ला बाजी ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ । 

मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक बन्नका लागि आवेदन दिएका व्यक्तिहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वाताको सूचना प्रकाशित गरेको हो । 

प्रस्तुतिकरण र अन्तर्वाताका लागि असार २० गते बिहीबार अनन्त प्रकाश मल्लिक, अनिल कुमार झा र कमल लामिछानेलाई बोलाइएको छ । 

यस्तै असार २१ गते शुक्रबार कृष्ण प्रसाद भण्डारी, केदार नाथ कोइराला, चिन्ता मणी बराल, नगेन्द्र कुमार दास, प्रेम प्रसाद सिलवाल र बुद्धि आचार्यलाई बोलाइएको छ । 

त्यसैगरी असार २२ गते शनिबार रमेश प्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, डा. विमल आचार्य, इन्जिनियर शालिक राम सुवेदी, डा. शालिक राम पराजुली र संगीता पहाडी अर्याललाई बोलाइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ गते १५ दिने सूचना प्रकाशित गरेर दरखास्त माग गरेको थियो । उक्त सूचना अनुसार आएका दरखास्त मध्येबाट १६ जनाको दरखास्त स्वीकृत भएको थियो । 

१६ जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वाता सकिएपछि छनौट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । 

३ जना मध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ । प्रबन्ध निर्देशकको मुख्य दाबेदारको रूपमा नेपाल टेलिकममा कार्यरत डा. विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झालाई हेरिएको छ । 

आचार्य सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निकट रहेका छन् भने झा प्रधानमन्त्री पुष्प कमल दाहाल निकट रहेका छन् । 

null
 

टेलिकम

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकाहरू मध्येबाट १६ जनाको नाम स्वीकृत भएको…

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिन दिएका छन् । आवेदन दिने अन्तिम समय मंगलबार साँज ५ बजेसम्म १७ जनाले द…

अब आफैले रोजेर एनसेलको नम्बर लिन सकिने

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र …

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान…

सीजी टेलिकमको लाइसेन्स स्वतः रद्द

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । २०८० मंसिर १६ गते स्वतः लाइसेन्स रद्द भएको जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले बिही…

एनसेल एपबाट नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाइने

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल…

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन


एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा…

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयो…

गणतन्त्र दिवसको अवसरमा टेलिकमले अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आगामी जेठ १५ गते मनाउन लागिएको  गणतन्त्र दिवसको…

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

 नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा करिब ५२ लाख ६७ हजार रूपैयाँ राजस्व गुमेक…

पाटन र सैंबुमा टेलिकमको कपर प्रविधिलाई एफटीटीएच नेटवर्कमा स्तरोन्नति

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंबुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आध…

कोशी प्रदेशमा पोल प्रयोग गर्ने केबल र इन्टरनेट सेवा प्रदायकलाई भाडा तिर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकलाई पोल भाडा तिर्न अनुरोध गरेको छ …

मुगु जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा सुरू भएको छ । 

दे…

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि

नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ ।…

टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार आम्दानी गरेको छ ।&…