कीवर्डहरू -

टेलिकम

टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, प्रति शेयर ४० रूपैयाँ नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । 

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०÷८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । 

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित हुनुभएको छ । 

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्या‍एको छ ।’ 

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए ।

यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उनले बताए ।

अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाई ब्याण्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एड सेवाको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा बिस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उनको धारणा छ ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उनको भनाइ छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भने, ‘देशभर फोरजी÷एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस ९ब्म्क्क्० अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र  विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उनी भन्छन्, ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको संख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति र फोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पु¥याउने कार्यलाई निरन्तरता दिइएको छ । जीएसएम मोवाइल सेवाको सञ्चालन अनमुति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ । फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भए पश्चात् परीक्षण गरिनेछ ।’

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीको पुनःसरचना गर्नेतर्फ विशेष ध्यान दिइने र कम्पनीमा उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्ने नीतिलाई प्राथमिकता दिइएको बताउदै उनले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्यसमेतमा विभिन्न सेवा विस्तार गर्नेतर्फ कम्पनीका गतिविधि निर्देशित गरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयर धनीहरुबाट सदाझैं पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको बताए । 

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने शेयरधनीहरुप्रति आभार व्यक्त गरे । 

कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको प्रति शेयर ४० रूपैयाँ नगद लाभांश रकम पुस २९ गतेदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

टेलिकम

कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम

नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम

सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ । 

<…

एनसेल कर्मचारी ट्रेड युनियनले भन्योः कहिल्यै कर नतिर्ने जस्तो भाष्य बनाइ बदनाम गर्न खोजियो

एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्…

एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा सरकारले छानबिन गर्ने, अनियमितता भए कडा कारवाही

सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा विस्तृत अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रव…

एनसेलको शेयर खरिद बिक्रीमा लेखा समितिको चासो, तीन निकायसँग माग्यो जवाफ

एनसेलको शेयर खरिद बिक्रीमा संसदको लेखा समितिले चासो देखाएको छ । समितिले एनसेलको खरिद बिक्री बारे बुझ्न आइतबार आन्तरिक राजस्व…

एनसेलको शेयर किनेपछि स्पेक्ट्रलाइट यूकेले भन्योः ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालमा रहेका करोडौ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । आजियाटा ग्रु…

नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर

मोबाइल सेवा प्रदायक कम्पनीमा एनसेलमा रहेको आफ्नो शयेर आजियाटा ग्रुपले बेलायतको कम्पनी स्प्रेक्टलाइट युकेलाई बिक्री गरेको छ । 

एनसेल आजियाटा …

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ । आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने न…

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरू

जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक …

भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथमलाई १ लाख पुरस्कार

एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजू-बहिनी, दिदि-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगि…

कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग, तीन जिल्लाका ग्राहकलाई भ्वाइस र डेटा सेवा निःशुल्क

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको छ । 

साथै,…

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…

फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता

नेपालमा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिक…

एशियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान

हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ए…

एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्

बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउ…