कीवर्डहरू -

अपडेट

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुने भएको छ ।

प्रदेशको राजधानी तथा मूख्य शहर विराटनगरको सहिद मार्गस्थित उद्योग संगठन मोरङमा सोमबार सो कार्यक्रम आयोजना हुनेछ ।

विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुनेछन् । विहान ११ बजेदेखि साँझ ४ बजेसम्म स्टार्टअप, इन्नोभेसन तथा आईडिया प्रद्धर्शनीको कार्यक्रम रहने छ भने समानान्तर समयमा १२ बजेदेखि ३ बजेसम्म आईडिया पिचिङ एण्ड मेन्टरिङ सेसन सञ्चालन हुनेछ । त्यसैगरी बेलुकी ३ देखि ६ बजेसम्म डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुनेछ ।

सातै प्रदेशमा आयोजना भइरहेको कार्यक्रम यस अघि पोखरा, बुटवल र विरगञ्जमा सम्पन्न भइसकेको छ । स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाउँ पुर्‍याउने छ ।

हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा सञ्चालन हुने बिजनेश इन्क्युवेसनमा सहभागी गराइने छ ।

उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन् । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

यसैगरी विराटनगरमा डिजिटल रुपान्तरणको लागि डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुनेछ । स्थानीय, प्रदेश सरकार, निजी क्षेत्र र सरोकारवालाहरुबिच अन्तर्क्रिया हुने कार्यक्रममा २ वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रदेशमा भईरहेको डिजिटल तथा ईगभर्नेन्सका काम, परिवर्तन, अभ्यास, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गर्नु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक राजन लम्सालले बताए ।

यस कार्यक्रममा सहभागी हुन चाहने स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न, पिचङ गर्न तथा मेन्टरिङ सेसनमा सहभागि हुन सक्नेछन् । सोही दिन आयोजना डिजिटल प्रदेश संवाद कार्यक्रमा सहभागिता तथा प्रर्दशनी अवलोकनको लागि पनि कुनै शुल्क लाग्ने छैन् । थप जानकारीको लागि nepalistartup.com वा digitalsamvad.org  हेर्न सकिने छ वा ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।


अपडेट

फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भ…

क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु य…

नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा…

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अ…

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको …

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगर…

अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइ…

भारतमा आइफोन १३ को निर्माण सुरु

एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३…

माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने

नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्…

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ  ।…

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …

सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध

१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कले…