अपडेट
युएईबाट अब सिधैं इसेवामा पैसा पठाउन सकिने
संसारका दुईसय बढी मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्राइ नेपालभर सेवा प्रदान गरिरहेको इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
यस सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।
उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् । यसका साथै लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन् ।
लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेको इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ ।
साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ ।
यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।
यसैगरि हाल इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको हुनाले युएई स्थित नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक रु.५,००० तथा बम्परमा रु.५०,००० समेत जित्न सकिनेछ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले यस सम्झौताले युएईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने बताए ।
लुलु इन्टरनेस्नल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित गैर बैंकिंग मुलक वित्तिय संस्था हो । यसका यु.ए.ई भर ८४ शाखा रहेका छन् भने प्रधान कार्यालय अबुधाबीमा रहेको छ ।
हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरुलाई १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अपडेट
एनआईसी एशिया बैंकको एपबाट जहाजको टिकट काट्दा २० प्रतिशत क्यासब्याक
एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि मोबाइल बैंकिङ एपमार्फत हवाई ट…
अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको अफर, बीमाशुल्क भुक्तानीमा दुईसय क्यासब्याक
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय ब…
एप्पलको पछिल्लो मिक्स्ड रियालिटीमा एमटू चिप प्रयोग गरिने
एप्पलको पछिल्लो मिक्स्ड रियालिटीमा एमटू चिप प्रयोग गरिने भएको छ । योसँगै मिक्स्ड रिय…
चाइनिज सुपर लिग डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा हेर्न सकिने
चाइनिज सुपर लिग फुटबलको खेलहरु नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडिले गर्ने …
रोबोटिक्स, एआई, थ्रिडी प्रिन्टिङ, ड्रोन सम्बन्धि ११ दिने वर्कशप सम्पन्न
एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी र एस्ट्रोबोटक नेपालको …
ओटीपी नै ‘बाइपास’, अनलाइन क्रियाकलाप असुरक्षित बन्दै
अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित…
सन् २०२३ देखि विन्डोज ८.१ को सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट
सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्ने भएको छ । जनवरी १० २०…
अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा
नेपाल टेलिकमले बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवा…
ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल
ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा ज…
ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा आवदेन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन
काठमाडौं । ह्वावेको ग्लोबल फ्लयागसिप सीएसआर कार्यक्रम ‘सिड्स फर द फ्युचर’का लागि आईत…
अमेरिकामा गर्भपतनको अधिकार खोसिएपछि एनोनोमस मोड ल्याउँदै महिनावारी ट्रयाक गर्ने एप फ्लो
महिनावारी ट्रयाक गर्ने एप फ्लोले एनोनिमस मोडको फिचर सार्वजनिक गर्ने भएको छ । अमेरि…
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध
कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृ…
अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा…
पीएमपीएल साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेन्टमा नेपाली टोलीलाई दोस्रो र तेस्रो उपाधि
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ मा…
डिजिटल नेपाल कनक्लेभमा ह्वावेको ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी
आइसिटी फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कन…