कीवर्डहरू -

अपडेट

भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ ।

नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् ।

यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ ।

उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइटबाट यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

अपडेट

बुस्टर परीक्षण गर्दा विस्फोट भयो स्पेसएक्सको पछिल्लो स्टारसिप

स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समय…

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा

एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं …

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा प…

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने 

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…

ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल …

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्…

पूर्णरूपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगंञ्जमा

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्व…

प्रभावकारी बन्न सकेन विपन्न वर्गका विद्यार्थीका लागि ल्याएको निःशूल्क डेटा कार्यक्रम

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको समयमा दूरशिक्षा सहजीक…

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्…

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले…

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्…

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम …

तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…