अपडेट
राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा
नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो । पाँचथरकी १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र प्रदान गरी यसको वितरण शुरु भएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अहिले देशभरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम गरिरहेको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९ उत्पादन तथा छपाइ भएकोमा ७१ हजार २४ मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र बारे प्राय सोधिने प्रश्न र त्यसको उत्तर तयार पारेको छ । विभागले तयार पारेका प्राय सोधिने प्रश्नोत्तर आज हामी यहाँ प्रस्तुत गर्दैछौं ।
राष्ट्रिय परिचयपत्र भनेको के हो ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
राष्ट्रिय परिचयपत्रमा के के विवरण समावेश हुन्छ ?
परिचयपत्रमा व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम), औंला-छाप (१० वटा औंला), आखाँको नानि, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर र चिप्स समावेश हुन्छन् ।
राष्ट्रिय परिचयपत्र प्रणालीको उद्देश्य के हो ?
नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकहरूलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर (Unique Digital Identification) प्रदान गर्ने, नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने, राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने र नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने सकिने छ ।
राष्ट्रिय परिचयपत्र पाउनका लागि कस्तो योग्यता चाहिन्छ र प्राप्त गर्न के गर्नुपर्छ ?
राष्ट्रिय परिचयपत्र पाउन १६ वर्ष उमेर पुरा भएको, नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्छ । परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ ।
निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।
राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई के फाइदा हुन्छ ?
राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले मतदाता परिचयपत्रको रूपमा, व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा उपयोग गर्न सकिन्छ ।
अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुन्छ ।
राष्ट्रिय परिचयपत्रको प्रयोगकर्ता को को हुन सक्छन् ?
नेपाली नागरिकहरू, सेवा प्रदायक निकायहरु, सुरक्षा अनुसन्धान र न्यायिक निकायहरु, कानूनले तोकेका अन्य व्यक्ति तथा संस्थाहरुले राष्ट्रिय परिचयपत्रको प्रयोग गर्न सक्दछन् ।
राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ ?
सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट वितरण गरिन्छ ।
जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
राष्ट्रिय परिचयपत्रको सन्दर्भमा जैविक पहिचान भन्नाले व्यक्तिको फोटो र दश औंलाको छाप (Finger Print) भन्ने बुझिन्छ । वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू पर्दछन् ।
चिप्स भनेको के हो र किन प्रयोग गरिन्छ ?
राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा राखिएको तथ्यांक सुरक्षित राख्ने विधुतिय साधन चिप्स हो । चिप्समा विभिन्न प्रकृतिका विवरण र तथ्यांकलाई पर्याप्त परिमाणमा संग्रह गरेर राख्न मिल्छ ।
यसमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरणको अतिरिक्त अन्य विवरणहरु जस्तै प्यान, सवारी चालक अनुमतिपत्र (Driving license), गरीव परिचयपत्र सेमत राख्न सकिन्छ ।
राष्ट्रिय परिचयपत्रमा रहने व्यक्तिगत विवरणहरूको गोपनीयता कसरी सुनिश्चित गरिएको हुन्छ ?
आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो विवरण उपयोग गर्न सक्दछ तर विभिन्न निकायले कानूनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्ने गरी गोपनियता सुनिश्चित गरिएको हुन्छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेको विवरण कसले कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय परिचयपत्र हराएमा कसरी प्रतिलिपि लिन सकिन्छ ?
राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराइन्छ ।
नागरिकता नभएको व्यक्तिले कसरी परिचयपत्र पाउँदछन् ?
हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यवस्था छ ।
राष्ट्रिय परिचय नम्बर भनेको के हो ?
प्रत्येक व्यक्तिको पहिचानलाई सजिलोसंग प्रस्तुत गर्न प्रयोग गरिएको सांकेतिक नम्वरलाई राष्ट्रिय परिचय नम्बर भनिन्छ । प्रत्येक ब्यक्तिलाई फरक-फरक रूपमा उपलब्ध गराइएको सांकेतिक अंक राष्ट्रिय परिचयपत्रमा राखिएको हुन्छ जसलाई Individual Unique Number पनि भनिन्छ ।
राष्ट्रिय परिचयपत्र वितरणमा कुन कुन निकायको कस्तो भूमिका रहन्छ ?
राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी विभागमा पठाउने र विभागमा प्रशोधन भई निर्मित राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट गरिन्छ ।
राष्ट्रिय परिचयपत्रका लागि सिफारिश गर्ने तथा व्यक्तिगत घटना विवरणहरू (जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदि) दर्ता गरी सो को विवरण विभागमा उपलब्ध गराउने कार्य स्थानीय तहबाट गरिन्छ । अन्य विभिन्न निकायले समेत यस कार्यमा सहयोग गर्न सक्दछन् ।
राष्ट्रिय परिचयपत्र लागु भएपछि नागरिकता प्रमाण पत्रको प्रयोग कसरी गरिन्छ ?
नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ । हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्दछन् ।
अपडेट
अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस
वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ ।…
अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने
काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमि…
स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने
स्मार्ट टेलिकमले भ्यालेन्टाइन दिवसको अवसरमा ‘सोलमेट फोटो कन्टेस्ट’ ल्याएको छ । यो प्र…
नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने
नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । एपमा ड्राइभिङ लाइसेन्स र माई मुनिसिपालिटी …
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलल…
भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…
भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?
अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…
नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?
नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…
हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता
हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…
आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …