अपडेट
मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?
मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सुचारु गरेको छ । यस एकीकृत प्लेटफर्मबाट मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेबसाइट, युएसएसडी र आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन सक्ने छन् ।
गुणस्तर सर्वेक्षणमा प्राप्त प्रतिक्रियाहरुलाई एकीकृत प्रणालीमा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।
मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको ‘NTA QoE Survey’ नामक मोबाइल एप प्ले स्टोरमा उपलब्ध रहेको छ । सो एप डाउनलोड गरी एपमा रजिष्ट्रेसन गरेर मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ ।
त्यस्तै मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको वेबसाइट https://qoe.nta.gov.np मा उपलब्ध रहेको छ । यसमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ ।
मोबाइल फोनमा *३४५६७# डायल गरी तथा मोबाइल फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरु सुनेर सेवाग्राहीहरुले आफ्नो अनुभुति सम्बन्धमा डायल प्याडमा प्रतिकृया जनाई मोबाइल सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने प्राधिकरणले जानकारी दिएको छ ।
अपडेट
एनसेलको ‘डबल मजा प्याक’, १२५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गर्दा दोब्बर डेटा पाइने
एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएक…
स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता
स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ…
डिपीजी रेजिष्ट्रीमा राहत समावेश, डिजिटल सामग्रीलाई प्रोत्साहन गर्ने
रुम्सानले बनाएको राहत डिजिटल पब्लिक गूड्स एलायन्स डिपीजी रजिष्ट्रीमा राखिएको छ । रा…
सानिमा बैंकको एपबाट क्युआर कोड स्क्यान गरी अन्नपूर्ण केबलकारमा भुक्तानी गर्दा छुट पाइने
सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । …
साइबर ब्यूरोको क्षमता विकासका लागि दक्षिण कोरियाको १ अर्ब अनुदान
नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब …
खेर गएको प्लास्टिकबाटै निकाल्न सकिन्छ आवश्यक इन्धन, नास्टसँग प्रविधि भएपनि काम अघि बढेन्
हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोग…
प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रि…
जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल
जीमेलले प्रयोगकर्ताहरुका लागि अफलाइन मोड सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुला…
३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा
मेटाले आफू जस्तै बनेर ३ लाख ५० हजार ओटा इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने सा…
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क नलिने इनड्राइभरले जानकारी दिएको छ ।…
डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/ए…
असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नति…
आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट
आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।…
ई-पासपोर्ट छिटो बनाउन कागजपत्र किर्ते
सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थ…
एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि …