अपडेट
काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ईपेक्स कार्यक्रम सम्पन्न, २ हजारले जनाए सहभागिता
काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक रुपमा आयोजना गर्दै आएको ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा टिम आईभी ड्रिपले प्रथम स्थान हासिल गरेको छ । यस टिममा यम राज ओली, ईसा आचार्य, सागर निरौला, सुजित मान श्रेष्ठ रहेका थिए ।
विजयी टिमले स्लाईनलाई निगरानी गर्ने बारे प्रोजेक्ट प्रस्तुत गरेको थियो । त्यस्तै पहिलो रनर अपको स्थान टिम म्याट्रिक्सले लिएको थियो । यस टिममा निर्जल भुर्तेल, अनुपम कोइराला, सौभरभ राज पौडेल र प्रियादर्शन मल्ल रहेका थिए । यस टिमले मेसिन लर्निंगको प्रयोग गरेर गाईको स्वास्थय ट्रयाक गर्ने प्रणालीको विकास गरेको थियो ।
त्यस्तै ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा क्वीकभर टिमले क्रियटिभ प्राजेक्ट अवार्ड प्राप्त गरेको थियो । क्वीकभर टिममा नसिब डाँगी, पंकज अधिकारी, उद्भव घिमिरे र बंशज पौडेल रहेका थिए । क्वीकभर प्रोजेक्ट जंगलमा हुने अवैध शिकारलाई कम गर्नका लागि निर्मित अल्र्ट मनिटरिगं प्रणाली हो । यसले आवाजकै माध्यमबाट रेन्जर अफिसमा कुनै अवैध शिकारहरु भईरहेको खण्डमा सर्तक गराईदिने काम गर्दछ । यो डिभाइसलाई फरेस्टमा राखेपछि वरिपरीको आवाजलाई डिटेक्ट गर्न सक्छ ।
इपेक्सका संयोजक सशांक दाहालको अनुसार सहभागी १२ जना टिमका सबै सहभागीहरुले उत्कृष्ट प्रस्तुती देखाएको बताएका छन् ।
यस ह्याकाथनमा कुल १७ जना टिम सहभागी भएका थिए । यस मध्ये ५ ओटा टिम छनौटमा परेनन् र बाँकी टिम ह्याकाथनमा छनोट भएका थिए । रातभर ह्याकाथन गरेपछि दिउँसोको १ बजेतिर विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट प्रस्तुत गर्ने मौका पाएका थिए ।
इपेक्सको प्रमुख उद्देश्य भनेको काठमाडौँ विश्वविद्यालयको ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिगं विद्यार्थीहरुले बनाएको प्रोजेक्टहरुको प्रदर्शनी गर्नु रहेको छ । यसमा करिब दुई हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । इपेक्सको अरु कार्यक्रममा प्रोजेक्ट एक्जिभिजन, इन्साइफर नामक म्यागजिनको लञ्च, ईलेक्ट्रिकल र इलेक्ट्रोनिक्स क्षेत्रका विज्ञहरुलाई बोलाएर टक शो र राबो वार जस्ता कार्यक्रमहरु भएका थिए ।
यो कार्यक्रम काठमाडौँ विश्वविद्यालयको मल्टि परपोज हलमा गरिएको थियो । प्रोजेक्ट एक्जिभिसनमा ईलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागको प्रथम वर्ष देखि चौथो वर्षसम्मको प्रोजेक्टहरु प्रस्तुत गरिएका थिए र कुल ४० प्रोजेक्टहरु प्रस्तुत गरिएको थियो ।
यसमा रहेका धेरै प्रोजेक्टहरु मध्य फ्ल्ड मनिटरिंग एण्ड अल्र्टींग सिस्टम, सेल्फ ब्यालेन्सिंग बोट, ड्राइभर ड्राउजीनेस डिटेक्सन, रोबोटिक आर्म राईटर र भेइकल सिमुलेटर फर ट्रोनिंग एण्ड रिह्याबिलेसन केही प्रोजेकट रहेका थिए । रोबो वारमा ७ ओटा टिमले सहभागिता जनाएका थिए ।
यसमा रोयल जम्बल पनि गराइएको थियो । यसमा टिम बलियोले रोबो वार जितेर ८० हजार बराबारको प्राइज पुल प्राप्त थिए । यस प्रतिस्पर्धामा दोस्रो स्थान टिम जुनियरले प्राप्त गरेको थियो ।
अपडेट
मासिक ८७० रूपैयाँमा डिशहोमको २०० एमबिपिएस इन्टरनेट
फाडिशहोम फाईबरनेटले आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'फेस्टिभ फाइबरनेट' …
आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने
नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै …
स्मार्ट डोकोको दशैं अफर, सामानमा ६७ प्रतिशतसम्म छुटसँगै हरेक दिन स्मार्टवाच जित्ने अवसर
ई–कमर्स कम्पनी स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र ।…
नबिल बैंकले नाडा ईभी एक्सपोमा तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र दिने
नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । …
टेलिकमको सजिलो प्रिपेड कम्बो अफर, ६९९ रूपैयाँमा २८ जीबी डेटा र २८०० मिनेट टक टाइम र २८०० एसएमएस
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने …
ह्वावे आसियान फाउन्डेसनद्वारा एशिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना
ह्वावे र आसियान फाउन्डेसनले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा एसिया–प्यासिफिक…
काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने
काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार हुन नदिने भएको…
‘ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउनु पर्छ’
डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिव…
जंगलमा हुने अवैध शिकारको आवाज पहिचान गर्ने क्वीकभरलाई इपेक्समा क्रियटिभ प्रोजेक्ट अवार्ड
काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक…
सन् २०२५ सम्म सबै सेवालाई डिजिटलमा जोड्ने लक्ष्य छः सञ्चारमन्त्री
सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन त…
चितवनमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल’ हुँदै
वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्रा…
यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम
नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराक…
चीन बाहिर पहिलो पटक ह्वावे कनेक्ट्स
ह्वावे कनेक्ट २०२२ बैंककमा सुरु भएको छ । चीन भन्दा बाहिर पहिलो पटक ह्वावे कनेक्ट आ…
चितवनमा पनि अब ‘पठाओ’
राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदे…
हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता
हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्…