कीवर्डहरू -

अपडेट

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ ।

नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए ।

जाम्नको मोबाइल एप र अफिसियल वेबसाइट (Jaamna.com) बाट नेपालको ५ वटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ ।

नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र  होटल र एयरलाइन्स बुक गर्न सकिन्छ । साथै अनलाईन मार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनौट गरि सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।

यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्यक होटल बुकिङ पश्चात ‘जीक्यास’ प्राप्त गर्नेछन् । सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटल बुकिङ, फ्लाईट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यस बाहेक जाम्नले जुलाई महिना भरीका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले जाम्न मार्फत होटल बुकिङ लगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरि ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने बताइएको छ ।

ग्राहकले जाम्न नै किन रोज्ने ?

यसले ग्राहकलाई सिधै होटल र एयरलाइन्ससँग जोड्छ । नेपालकै पहिलो ओटिए प्लाटफर्म र एक हजार ५ सयभन्दा धेरै नेपाली होटलहरू र एयरलाइन्सहरूमा सहजै नेपालको कुनैपनि डिजिटल पेमेन्ट वा बैंक कार्ड प्रयोग गरी बुक गर्न सकिनेछ । भने प्रत्यक बुकिङबाट क्यास ब्याक र जिक्यास पनि प्राप्त गर्न सकिनेछ । पे एट होटल भएका कारण सिधै होटलमै पुगेपछि मात्र रकम भुक्तानी गर्ने व्यवस्था रहेको यो नै पहिलो ओटिए प्लाटफर्म हो ।

होटलले जाम्न नै किन रोज्ने ?

जाम्न नयाँ डिस्ट्रक्टिभ स्टार्टअप हो । ‘अहिलेको समस्या भनेको होटलले रुम बेचिसकेर ग्राहक फर्किसक्दा पनि होटल सञ्चालकले पैसा पाउँदैनन् । अन्य ओटिए प्लेटफर्मले तीन सातासम्म होटलको पैसा होल्ड गर्छन्,’ खड्का भन्छन्, ‘हाम्रो अर्को रणनीति भनेको यात्रुले होटल चेकआउट गरेको दुईदेखि पाँच दिनभित्र होटललाई पैसा दिनु हो ।’

हालसम्म कम्पनीले नाफा कमाउनेभन्दा पनि प्रयोगकर्ता बढाउने र व्यापार प्रवद्र्धन गर्नेतर्फ जोड दिएको खड्का बताउँछन् ।

त्यस्तै, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कम्पनीले  ‘नेपालको पर्यटन प्रवद्र्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिजम नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष्य लिएको छ ।

अपडेट

६० हजारबाट सुरू भएको इन्फोडेभलपर्स २० औं वर्षमा प्रवेशः ३५० बढीलाई रोजगारी, करोडौंको कारोबार 

सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १९ वर्ष पूरा गरी २० औं वर्षमा  प्रवेश गरेको छ । २…

१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

ह्वावेले १० दिनमै नेपालमा प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर निर्माण गरेको छ । ह्…

२ हजारमा आजीवन डिम्याट र मेरो शेयर

एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ …

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरे…

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्र…

फोनपेले सुरू गर्‍यो ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकि…

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजार…

अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न आग्रह गरेको छ । एक स…

नेपालमै पहिलोपटक ६ हजार निकायको विद्युतीय लेखा परीक्षण

नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणक…

नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट नेपाल टेलिकमको सिमबाट निःशुल्क …

सेञ्चुरी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा सिद्धार्थनगर सिटी अस्पतालमा छुट पाइने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालबीच व्यवसायिक …

पोखरामा सञ्चालनमा आयो काम नलाग्ने नोट नष्ट गर्ने मेसिन

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्…

अर्काको नागरिकताबाट सिम निकालेर बैंक खाताको पैसा झिक्ने एकजना पक्राउ

अर्काको नागरिकताबाट सिम कार्ड निकालेर बैंक खाताको पैसा झिक्ने हेटौंडाका एकजना पक्…

झम्सिखेलमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान …

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि काट्न सकिने

यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्प…