अपडेट
सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान
सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्क सर्टिफिकेशन ह्वावे अन्तर्राष्ट्रिय प्रालि ह्वावेको सिङ्गापुरको सहायक कम्पनीलाई अवार्ड प्रदान गरेको छ ।
डिपिटिएम सिङ्गापुरको व्यक्तिगत डाटा संरक्षण ऐनसँग पूर्ण रूपमा पालना गर्ने डाटा सुरक्षा व्यवस्था भएका व्यवसायहरूलाई दिइन्छ । हालसम्म ८० भन्दा बढी कम्पनीहरूले यो सर्टिफिकेशन पाएका छन् ।
ह्वावेले लामो समयदेखि ग्राहकको गोपनीयता संरक्षणमा आफ्नो प्रतिबद्धताप्रति गर्व गर्दै आएको छ । डिपिटिएम सर्टिफिकेशन प्राप्त गर्नु भनेको आइएमडिएले ह्वावेको डाटा सङ्कलन, प्रयोग र खुलासासँग सम्बन्धित डाटा सुरक्षा अभ्यासहरूको सुदृढता र जवाफदेहितालाई मान्यता दिनु हो ।
ह्वावे इन्टरनेशनलका सीईओ फू फ्याङ योङले यो सर्टिफिकेशन कम्पनीको लागि किन महत्त्वपूर्ण छ भनी व्याख्या गर्दै भने, “व्यक्तिगत डेटा सुरक्षा कानुनी आवश्यकता मात्र होइन, यो सामाजिक उत्तरदायित्व हो । यो सर्टिफिकेशनले गोपनीयता संरक्षणको लागि हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ । हाम्रा उपभोक्ता, ग्राहकवर्ग, आपूर्तिकर्ता, साझेदार, कर्मचारीहरु र अन्य सान्दर्भिक सरोकारवालाहरूले उहाँहरूको व्यक्तिगत डाटा राम्रोसँग सुरक्षित छन् भनी आश्वस्त हुन सक्छन् । हामी सजग छौं र सधैं सबै गोपनीयता र व्यक्तिगत डाटा सुरक्षा कानून र नियमहरूको पालना गरेका छौं जुन हामीले सञ्चालन गर्ने हरेक क्षेत्राधिकारमा रहन्छ । हामीले हाम्रा दिन–प्रतिदिनका सबै व्यापार प्रक्रियाहरूमा गोपनीयता सुरक्षा आवश्यकताहरू समावेश गरेका छौं ।”
विगत दुई दशकमा ह्वावेले सिंगापुरका स्थानीय टेलिकम अपरेटरहरूसँग विश्वस्तरीय नेटवर्क पूर्वाधार विकास गर्न सहयोग गर्न, सिंगापुरको डिजिटलाइजेशन यात्रालाई समर्थन गर्न र सिंगापुरका उपभोक्ताहरूलाई स्मार्ट उपकरणहरूको सिरीज प्रस्तुत गरेको छ ।
क्लाउड कम्प्युटिंग र बिग डाटा जस्ता नयाँ प्रविधिहरू परिपक्व भई सञ्चार पूर्वाधारमा थप एकीकृत भएकाले ह्वावेले स्थानीय व्यवसायहरूलाई स्थिर, भरपर्दो, सुरक्षित र दिगो क्लाउड सेवाहरू उपलब्ध गराउने आफ्नो क्षमतालाई बढाउँदै गइरहेको छ ।
आफ्नो उद्यम र क्लाउड व्यवसायको लागि सिंगापुरमा क्षेत्रीय एशिया प्यासिफिक मुख्यालय स्थापना गरेर कम्पनीले थप स्थानीय व्यवसायहरूलाई डिजिटल र विश्वव्यापी रूपमा जान मद्दत गर्ने लक्ष्य राखेको छ ।
विशेष गरी, जलवायु परिवर्तनको सामना गर्न ह्वावेले लाभदायी डिजिटल पावर प्रविधिहरू पनि प्रयोग गरिरहेको छ र सिंगापुरको ग्रीन योजना २०३० लाई समर्थन गर्न स्थानीय साझेदारहरूसँग मिलेर काम गरिरहेको छ ।
डिपिटिएम सर्टिफिक्शन प्राप्त गर्नुका साथसाथै ह्वावेले साइबर सुरक्षा एजेन्सी अफ सिंगापुरसँग पनि आफ्नो क्न् साइबर सेफ पार्टनरसिप प्रोग्रामको एड्भोकेट पार्टनरहरूको रूपमा साझेदारी गरेको छ ।
यस कार्यक्रम मार्फत ह्वावेले सिंगापुरका व्यवसाय र संगठनहरूलाई उनीहरूको साइबरसुरक्षा बलियो बनाउन र साइबरसुरक्षा बारे जागरूकता बढाउन मद्दत गर्न सिएसएसँग काम गर्दछ ।
अपडेट
चाइना युनिकम फाइभजी प्राइभेट नेटवर्क प्लसका उपलब्धि घोषणा
एमसीडब्लु बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभजी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरू…
आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य
आईएमएस सफ्टवेयर र फिन्पोस ग्लोबल (फिन्पोस) बीच सहकार्य भएको छ । यससँगै संयुक्त रुपम…
सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने
सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवाला…
फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तर…
युक्रेनमा क्रिप्टाेकरेन्सी वैधानिक
युक्रेनको राष्ट्रपति भोल्दीमिर जेलेन्सकीले क्रिप्टो उद्योगलाई वैधानिकीकरण गर्नका लागि …
स्वास्थ्य परामर्श लिन मिल्ने एप स्मार्ट हेल्थ नेपाल सार्वजनिक
स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ…
डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा सम्बन्धी निर्देशिका जारी (निर्देशिकासहित)
सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह न…
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेकाको राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र …
भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास
आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्…
स्मार्ट सिटीका पाँच आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…
नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा रोजगारीको विज्ञापन खुलाएक…
मोबाइल खुद्रा विक्रेतालाई नबिल बैंकले कर्जा दिने
नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।…
उपभोक्तामा डिजिटल साक्षरता भएन भने प्रविधिको दुरूपयोग बढ्छः सञ्चार सचिव डा. अर्याल
हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रय…
भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिष्टममा आबद्ध हुन निर्देशन
राजस्व अनुसन्धान विभागले अझै पनि कतिपय कारोबार मालवस्तु ढुवानी साधनको अनुगमन (भे…