कीवर्डहरू -

अपडेट

अब अनलाइनबाटै सिम्याटको निःशुल्क तयारी गर्न सकिने

एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालले सिम्याटको अनलाइन तयारी कक्षा सञ्चालनमा ल्याएको छ।

जसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारीक वेबसाइट (cmat.edusanjal.com) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ। साथै सिमित अवधिका लागि यो सुविधा निःशुल्क रूपमा प्रदान गरिएको जानकारी संस्थापक बिदुर आचार्यले दिए।

‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’ उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । जसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्यांकन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’

भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ । तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज वा उपयुक्त हुने, साथै काठमाडौँ उपत्यका बाहिरका बिद्यार्थीहरुका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिएको  उनले बताए।

‘विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अंक हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्,’ उनले भने,  ‘मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।’

के हो सिम्याट ?
त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य  ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट)  हो ।

आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अंक ल्याउनुपर्ने हुन्छ । सिम्याटको इलिजिबिलिटीमा कक्षा १२ वा सो सरहको पढाइमा १.८ सिजिपिए वा कम्तिमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्छ ।

९० मिनेटको सिम्याट परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ र जेनेरल अवेरनेस गरी चारवटा सेसन हुन्छन् । हरेक सेसनमा २५ वटा प्रश्न र २५ नै अंकभार बोकेको हुन्छ भने कुल एक सय वस्तुगत प्रश्न हुन्छन् ।

अपडेट

आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल 

एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो य…

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड स…

कामना सेवा विकास बैंकको डिजिटल वीक योजना, क्युआरबाट भुक्तानी गर्दा बोनस पाइने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्…

कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल …

सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो 

सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जा…

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल  

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र …

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…

किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित 

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…

आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन

आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाए…

अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जार…

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । मा…