कीवर्डहरू -

अपडेट

इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकट काट्दा २०० प्रतिशतसम्म क्यासब्याक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ ।

अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागिः थप ३% अथवा रु ३०० सम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड “NAYA”  प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर(घउयधभच) उल्लेख गर्नुपर्नेछ ।

यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।  इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न  सकिनेछ ।

यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अपडेट

बाइकमा राखिएको ‘मोबाइल स्ट्याण्ड’ हटाउँदै प्रहरी, राइडरलाई गूगल म्याप प्रयोग गर्न कठिनाइ

बाइकमा मोबाइल स्ट्याण्ड राखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । बाइकमा मोबाइल …

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो…

\'माईक्रोसफ्ट फर स्टार्टअप : सर्पोटिङ कम्पनीज फ्रम आईडिया टू आईपियो\' विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले माईक्रोसफ्ट फर स्टार्टअपः सर्पोटिंग कम्पनीज फ्रम आईडिया टू आईपिय…

डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक

नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार ए…

सानिमा बैंकको नयाँ अफर, मोबाइल बैंकिङबाट कारोबार गर्दा मोबाइल फोन जित्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजन…

आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार …

२ वटा कम्पनी सञ्चालन गरिरहेका १८ वर्षिय काेविद, यस्तो छ सफलताको कथा (भिडिओ)