अपडेट
रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक
ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम साझा अनलाइन सपिङको रूपमा रिब्राण्डिङ भएको हो ।
नयाँ ब्राण्ड नामसँगै स्लोगन, लोगो र वेबसाइट पनि परिवर्तन भएको छ । यसअघि साझा डिल डटकमबाट दिदै आएको सेवा अब साझा डटकम डटएनपी बाट (saajha.com.np) प्रदान हुनेछन् । साझा अनलाइन सपिङको नयाँ स्लोगन ‘साझा-सबैका लागि’ राखिएको छ ।
सन् २०१७ मा ४ जनाले अनलाइनबाटै सामान बेच्ने उद्देश्यसहित साझाडिल स्थापना गरेका थिए । त्यसपछि सन् २०२० मा चार्टर्ड अकाउन्टेन्स (सीए) दिपक पाण्डेसहितको व्यवसायिक सीएको एउटा ग्रुपले लगानी गरेको थियो ।
अध्यक्ष, दिपक पाण्डे
साझा अनलाइन सपिङका अध्यक्ष दिपक पाण्डेले नयाँ भिजनसहित साझाडिललाई रिब्राण्डिङ गरिएको बताए ।
‘कम्पनीलाई व्यवसायिक र अनुभवि सदस्यले नेतृत्व गरिरहेका छन्,’ नेपाल एशोसिएसन अफ चार्टर्ड अकाउन्टेन्स (एक्यान) तथा गरिमा क्यापिटलका समेत अध्यक्ष रहेका पाण्डले भने, ‘सबैका लागि भन्ने स्लोगन अनुसार नै हामी ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’
त्यस्तै कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा अनिल बस्नेतलाई नियुक्त गरेको छ । उनीसँग ई-कमर्सको क्षेत्रमा एक दशक काम गरेको अनुभव छ । साझालाई अब नेपालको अग्रणी ई-कमर्स प्लेटफर्म बनाउने योजना रहेको सीईओ बस्नेतले बताए ।
‘स्थानीय र अन्तर्राष्ट्रिय ब्राण्डलाई प्रवर्द्धन गर्दै साझा नेपालको अग्रणी ई-कमर्स सेवा प्रदायक हुनेछ,’ उत्साहित हुँदै अनिल भन्छन्, ‘नयाँ ब्राण्ड नाम पनि सबै ग्राहकका लागि सजिलो र आकर्षक रहेको छ ।’
साझाले नेपालका मनाङ, मुस्ताङ, जुम्ला लगायतका दुर्गम ठाउँहरूमा समेत डेलिभरी सेवा दिने अनिल बताउँछन् ।
सीईओ, अनिल बस्नेत
साझा अनलाइन सपिङले ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिदै आवश्यकता अनुसार नयाँ प्रडक्ट थप्दै पनि जाने बताएको छ । साझाले अबको केही महिनामै मोबाइल एप पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।
साझामा अहिले ५०० बढी सेलर र १ लाख २० हजार प्रयोगकर्ता रहेका छन् । १ लाख २० हजार प्रयोगकर्ता मध्ये ३० प्रतिशत ग्राहक काठमाडौं उपत्यका बाहिरका छन् । सामान खरिद गरेको अर्को दिननै ग्राहकको घरमा डेलिभरी गर्ने कम्पनीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) तृष्णा आचार्यले जानकारी दिइन् ।
साझा डटकम डटएनपीबाट फेसन, इलेक्ट्रोनिक्स, होम अपलायन्सेस, अटोमोटिभ, लाइफस्टाइल, किड्स, बेबी केयर, स्पोर्ट्स, ग्रोसरी, हेल्थ, ब्युटी लगायतका सामानहरू खरिद गर्न सकिन्छ ।
सीओओ, तृष्णा आचार्य
अपडेट
भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवा…
माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने
एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इ…
एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अ…
भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने
भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी…
के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?
विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई १४० मिलियन डलर अर्…
कामना सेवा विकास बैंकको नयाँ अफर, क्युआर मर्चेन्टलाई डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म बोनस
कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेर…
नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान
ह्वावे सिड्स फर द फ्युचर २०२२ मा छनौट गरिएका ७ जना नेपालबाट बैंककका लागि प्रस्थान …
आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट
आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । …
नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …
ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रे…
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने
सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…
ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी
ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…
हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…