कीवर्डहरू -

अपडेट

अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !

तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई ६ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो ।

सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन् । `सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ`, उनी भन्छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल बताउँछन् ।

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउँछन् ।

“उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ”, उनी भन्छन् ।

सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन् ।

आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताउँछन् । `यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ`, उनी भन्छन् ।

सोही कार्यालयमा सेवा लिन आएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताउँछन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउँछन् । `हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ`, उनी भन्छन् ।

ठूलोभर्‍याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व संकलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।

यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउँछन् । ठूलोभर्‍याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ । रासस

अपडेट

ठमेल बजार तार रहित बनाइदै

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्र…

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ …

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क स…

अब इसेवाबाटै होटेल बुक गर्न सकिने, बुक गर्दा ५० प्रतिशत छुट

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक ग…

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी…

मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने 

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । आयोगले अ…

ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार

साउन २० गतेदेखि ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ नामक अभियान सुरू भएको छ ।…

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गर…

युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका

अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आ…

भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट 

भोलिदेखि नीमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञानमेला’ सुरू हुने भएको छ । शुक्रबारदेख…

कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न

नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि …

टेक्नोलोजी, अनलाइन शपिङ लगायतमा लगानी गर्ने साथी पार्टनर्सले १० लाख कित्ता शेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्…