अपडेट
टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने
नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” कम गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका ( Interconnection Guideline २०७६) अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता ( Domestic Interconnection ) मा उल्लेख गरिएको प्रावधान अनुसार प्राधिकरणले सो कार्य गरेको हो ।
सो अनुसार कम्पनीको तारवाला (एनसेल वा स्मार्ट टेलिकम) फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुने नेपाल टेलिकमले बताएको छ।
साथै, अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।
(नोट : माथि उल्लिखित दररेटमा करवापत लागु हुने रकम समावेश गरिएको छैन ।)
अपडेट
कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?
प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…
खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…
बढ्दै अनलाइन जुवाको जालो
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…
आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना
एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…
आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक
आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…
जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई
स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…
रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा
अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परि…
संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ?
एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरे…
एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर
१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको न…
प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे
सूचना प्रविधि कम्पनी ह्वावे विश्वका १० मूल्यवान ब्राण्डभित्र पर्न सफल भएको छ । सन् २०२२…
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा …
एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने
सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका …
जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर
आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने …
विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने
मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी …