कीवर्डहरू -

अपडेट

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउने भएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले इच्छुक फर्महरूलाई आवेदन दिन आग्रह गरेको हो ।

इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सेक्युरिटी फर्मले जति सक्दो चाँडो डकुमेन्टसहित  आवेदन पेश गर्न सक्ने छन् । आवेदन प्राधिकरणको कार्यालय बुझाउन वा [email protected] मा पनि इमेल गर्न सकिने छ ।

आवेदन दिनका लागि साइबर सुरक्षा विनियमावली २०७७ मा तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । आवेदन दिने फर्मले सम्बन्धित देशमा दर्ता भएको, भ्याट/प्यानमा दर्ता भएको र कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै विदेशी फर्मले गत ३ वर्षमा वार्षिक ५ मिलियन अमेरिकी डलर आम्दानी गरेको हुनुपर्ने र नेपाली कम्पनीले ३० लाख रूपैयाँ वार्षिक आम्दानी गरेको हुनुपर्नेछ । साथै गत ३ वर्षको वित्तिय अडिट प्रतिवेदन पनि पेश गर्नुपर्नेछ ।

फर्म कम्तिमा पनि ३ वर्ष आईसिटी कम्पनीको रूपमा दर्ता भएको र २ वर्ष साइबर सुरक्षाको क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । आवेदन दिने फर्मले २ वर्षमा कम्तिमा ३ वटा परियोजना सम्पन्न गरेको हुनुपर्नेछ । फर्ममा काम गर्ने कम्तिमा ३ जना विशेषज्ञ हुनुपर्नेछ, जोसँग साइबर सेक्युरिटीसँग सम्बन्धित प्रमाणपत्रहरू समेत हुनुपर्नेछ ।

त्यसपछि आवेदकका कागजात अध्ययन गरेर प्राधिकरणले सूची सार्वजनिक गर्नेछ । उक्त सूचीमा परेका कुनै अडिटर फर्मबाट मोबाइल सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायत दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएका दूर सञ्चार सेवा प्रदायकले आफ्नो कम्पनीको साइबर अडिट गर्नुपर्नेछ ।

अपडेट

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइप…

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि …

पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ ज…

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस…

दुरसञ्चारको मर्मत सम्हारमा बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन

काठमाडौं । संघिय संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चारको मर्मत सम्हारमा आरटीडीए…

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा खुल्ला

भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछ…

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी …

वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने

माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभक…

चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी …

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमा…

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल

एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख …

बैंक अफ काठमाण्डूको कार्ड मोको वालेटमा लोड गरी अब भुक्तानी गर्न सकिने

बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्…