अपडेट
इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । व्यवसायिक यात्राको दुई दशकमा प्रवेश गर्दै गर्दा आज इन्फोडेभलपर्स नेपाली सफ्टवेयर उद्योगमा एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ ।
१९ वर्षअघि एउटा कोठाबाट ६० हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौं मानिसलाई डिजिटल सेवासँग जोडिरहेको छ भने ३५० बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।
थुप्रै असफलताबाट सिक्दै इन्फोडेभलपर्सले दुई दशकको यात्रा तय गरेको छ । नेपाली सफ्टवेयर उद्योगमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल भएको छ । विदेशी सफ्टवेयरहरुको दवदवा रहेको स्वदेशी प्रडक्टमाथि विश्वास दिलाउन कम्पनीको प्रयास र भूमिका उल्लेखनीय छ ।
वार्षिक ५० करोड रूपैयाँको कारोबार गर्ने इन्फोडेभलपर्सको सेवा नेपालमा मात्र होइन् भुटान, भारत तथा अमेरिकामा पनि विस्तार भएको छ । नेपाली सफ्टवेयरको प्रयोग विदेशमा समेत हुन थालेको छ । यसले नेपाली प्रडक्ट पनि विश्वस्तरीय, गुणस्तरीय छन् र विदेशी प्रडक्टसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाउँछ ।
एक वर्षमा एक अर्ब रूपैयाँको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडि बढेको छ । इन्फोडेभलपर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नेपालको नम्बर वान आईटी कम्पनी बन्ने लक्ष्यसहित अगाडि बढेको बताउँछन् ।
कम्पनीले लघुवित्त तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ लगायतका सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्फोडेभलपर्सले आफ्नो लक्ष्य पूरा गर्न दायरा पनि विस्तार गर्दैछ । ‘नयाँ प्रडक्ट र परियोजनामा आफूलाई केन्द्रित गरेर आम्दानीलाई दोहोरो गुणाले वृद्धि गर्ने योजना छ,’ सीईओ रघुवंशी खुसी हुँदै भन्छन्, ‘अबको वर्षमा नविन प्रविधि र क्षेत्रहरुमा व्यवसाय विस्तार गर्नेछौं ।’
कम्पनीले १० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, ५० बढी विदेशी कम्पनीहरु, १ हजार बढी सहकारी, २५ भन्दा बढी माइक्रोफाइनान्स र ४० भन्दा बढी सरकारी संघसस्थाहरुलाई प्रत्यक्षरुपमा सेवा दिइरहेको छ ।
भुटानमा ४ वटा लघुवित्त संस्थाहरुले सीबीएस सोलुसन प्रयोग गरिरहेका छन । भारतका फिनटेक संस्थाहरुको लागि सफ्टवेयर सेवा समेत उपलब्ध गराउदैछ । यसैगरी अमेरिकी संस्थाहरुको लागि एआईमा आधारित एप्लिकेसन उपलब्ध गराएको छ ।
इन्फोडेभलपर्सलाई पूर्ण डिजिटाइज गरेर अझै प्रभावकारी ढंगले अगाडि बढ्ने कम्पनीको योजना छ । त्यस्तै अबका दिनमा अनुसन्धान तथा विकासमा जोड दिने, नयाँ नयाँ प्रविधिमा लगानी गर्ने र दायरा अझै बढाउने कम्पनीको योजना छ ।
अपडेट
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर …
सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट
आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको प…
इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता
मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्…
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत …
१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक
१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्…
एनसीएचएलमा आवद्ध भयो एनएमबी क्यापिटल, अब डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्…
एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…
टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने
सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…
डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…
‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…
मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक
मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! प…
सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…
लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…
हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…