अपडेट
टाटा नेक्सन ईभीको पहिलो वर्ष पूरा
सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्रीवितरण प्रारम्भ भएको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो ।
नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंशनेक्सनइभी एक्लैले ओगटेको छ ।
यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालनखर्च, उत्कृष्ट कार्य क्षमता आदि हुन् । यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ ।
‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो ।
यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभीचर्जिङ्गएप 'इजी' एपमार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरूले गरिरहेका छन् ।
दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।
यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ । यस्तै, यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।
अपडेट
प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका
प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेख…
एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने
नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग…
इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन
इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बना…
एसईईका विद्यार्थीहरूका लागि डाटा र भ्वाइससहितको निःशुल्क सिम दिदै टेलिकम, यसरी लिनुहोस् सेवा
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध ग…
सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन
इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मं…
१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूर…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…
आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डक…
कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?
मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्…
एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…
खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने
‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…
नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…
गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक
गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…
मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार
जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…