कीवर्डहरू -

अपडेट

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्धी बालकको औँला भाँचिदिएको छ । रोबोटले सात वर्षीया बच्चाको औँला चेसको पिस बुझेर बोर्डबाट हटाउन लाग्दा भाँचिदिएको हो ।

मस्को चेस अपन टुरनामेन्ट मस्को चेस महासंघले आयोजना गरेको थियो र चेस खेल्ने रोबोटले पहिले पनि विभिन्न चेस टुर्नामेन्टमा बिनाकुनै घटनाको भाग लिईरहेको थियो ।

सात वर्षीया बालकले एआईबाट चल्ने रोबोटलाई छिटो आफ्नो चाल चाल्नका लागि अत्याएपछि रोबोटले सात वर्षीया क्रिस्टोफर भनेर परिचिति बालकको औँलालाई चेसको पिस बुझेर भाँचिदिएको हो ।

स्थानीय मिडिया बाजा न्यूजले मस्काऊ चेस अपन टुरनामेन्टको भिडियो हालेपछि अहिले यो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

क्रिस्टोफर ९ वर्ष मुनिको शिर्ष तिस चेस प्लेयर मध्येमा पर्ने गर्दछन् । भिडियोमा रोबोटले बालकको एउटा चेस पिस बोर्डबाट हटाउँदै गर्दा त्यही बिचमा बालकले हटाइएको ठाउँमै अर्काे चेस पिस राख्न थाल्छन् र त्यतिनै समयमा रोबोटले बालकको औंलालाई पनि चेस पिसनै बुझेर भाँचिदिएको देखिन्छ ।

चार जना मान्छेहरुले मिलेर क्रिस्टोफरलाई रोबोटको पञ्जाबाट निकालेको पनि भिडियोमा देख्न सकिन्छ । रोबोटले १५ सेकेण्डसम्म बालकको औंला समाईरहेको र त्यसपछि मात्रै अरु मान्छेले क्रिस्टोफरलाई छुटाएको पनि भिडियोमा देख्न सकिन्छ ।

क्रिस्टोफरको हातमा कास्ट लगाएपछि उनले फेरि टुर्नामेन्ट खेल्न सकेको पनि मस्को चेस महासंघले बताएको छ । यस घटनाले मान्छेहरुलाई पुनः एआईको नकारात्मक पक्षबारे सचेत बनाएको छ ।

अपडेट

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…

ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने

ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…

कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी 

अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि…

मेरो जब डटकमले आईपीओ जारी गर्ने 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्…

ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै

अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भ…

क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ  प्राविधिक कर्मचारी  …

सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न 

साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग ) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगक…

सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन खुला भइसकेको छ । असार १७ गतेदेखि सुरू भए…

मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ…

जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम

धनुषाको जनकपुरमा लेभ्लिङको २५ ‍औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभ…

विदेशी डिजिटल कार्डबाट अब नेपाली डिजिटल कार्डमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट स्वदेशमा ‘कार्ड टु कार्ड’ रेमिट्यान्स पठाउन…

डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा २०७९ तय…

भुक्तानी प्रदायकका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति पाएका संस्थाका लागि साइबर तथा…