अपडेट
फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा
आर्टिफिसियल इन्टेलिजेन्स प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले बुधबार नेपालमा एआई फेलोशिप २०२२ को घोषणा गरेको छ ।
यो अनलाइन मार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोशिप कार्यक्रम विगत २ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र विस्तार गरिएको हो ।
विगत २ वर्ष देखि नै यस कार्यक्रममा यूकेएड स्कील्स फर इम्प्लोइमेन्ट ( सीप ) को सहयोग रहदै आएको छ । यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वबिद्यालय अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीहरूलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण–छात्रवृत्ति प्रदान गरिनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वबिद्यालय अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीहरूलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण–छात्रवृत्ति प्रदान गरिनेछ ।
कार्यक्रम बारे सीपका टोली प्रमुख बल्जित बोहरा तथा उपप्रमुख स्तुति बस्नेतले नेपालमा रहेका विद्यार्थीहरुको सिपलाई विश्वब्यापी आइसीटी प्रणालीसंग मेल हुने गरि प्रणाली सुधार गरे मात्र नेपालको आइसीटीमा सम्भावना बलियो हुने बताए ।
‘विगत २ वर्ष देखि हामीले फ्युजमेसिनको विकास यात्रामा सहयोग गर्दै आएका छौं, उनले भने, ‘त्यस्तै हामीले आवश्यक पूर्वाधार विस्तार गर्न, समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र लागु गर्न र शैक्षिक संस्थाहरू र अन्य सम्बन्धित् प्रणालीहरूसँग बलियो सहकार्य गर्न मद्दत गरेका छौं ।’
अमेरिकाका उच्च कोटीका विश्वविद्यालयमा रहेका एआई संकायका सदस्यहरू र एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको र फ्युजमेसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री र माइक्रोडिग्री स्पेशलाइजेशन कार्यक्रमलाई एआई फेलोशिप २०२२ मा समावेस गरिने छ ।
एक वर्ष लामो यस द्रुतगतिको कार्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ्ग, न्याचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको पाठ्यक्रमहरू छन् ।
हरेक बर्ष, हामी सबैका लागी विश्वसनीय, उच्च गुणस्तरको एआई तालिम प्रदान गरि एआईमा पहुँच बढाउने बाटो तर्फ ठुला कदम बढाउन जारी राखेको फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले बताए ।
उनले फ्युजमेसिन संस्थाले फेलोशिप कार्यक्रमका पुर्वविद्यार्थीहरूलाई रोजगारी प्रदान गरेको र यस किसिमको महत्त्वपूर्ण पहलको निरन्तरता मार्फत अझ उच्च गुणस्तरको प्रतिभा निर्माण गर्न सक्षम हुने आशा व्यक्त गरे ।
‘सीप जस्ता प्रतिबद्ध साझेदारहरूबाट समर्थन पाएकोमा हामी खुसी छौं, सीपले विभिन्न पृष्ठभूमिका नेपाली नागरिकहरूलाई विभिन्न सीपहरू प्रदान गर्ने ठोस प्रयासले नेपालको रोजगारी दर सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको छ,’ मास्केले भने ।
कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्नेछन् ।
कार्यक्रमले सम्मानित शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा संचालित साप्ताहिक अनलाइन कक्षाहरू, प्रोग्रामिङ असाइनमेन्टहरू, समूह परियोजनाहरू र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गर्नेछ। साथै धेरै जसो सामग्रीहरू विद्यार्थीहरूले आफ्नो अनुकुल प्रयोग गर्नका लागि अनलाइन उपलब्ध हुनेछन् ।
फ्युजमेसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । फेलोशिप र यसको आवेदन÷छनोट प्रक्रिया र दर्ता विवरणहरूको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो ।
अपडेट
सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स
नेट टिभीले एन्ड्रोइड टिभीमा आधारित ‘नेट टिभी स्ट्रिम्ज प्लस’ सेटअप बक्स सार्वजनिक गरे…
‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै
यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल व…
दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर
भिभोले नेपाली बजारमा ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२…
उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले आयोजना गरेको ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न …
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न
हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यम…
दराजको नयाँ लोगोले के बुझाउँछ ?
दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण …
डिशहोममा अब विश्वभरका सर्ट मुभी हेर्न सकिने
डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीक…
कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण
कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विज…
वर्ल्ड रेमिटको एप प्रयोग गरी मलेसियाबाट अब नेपाल पैसा पठाउन सकिने
एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले…
बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता
बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग स…
स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार
टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…
डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…
दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन
दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…
इसेवाबाटै अब काठमाडौँ मोडल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने
काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।…
यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु
जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन…