अपडेट
अब वेबसाइटबाटै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने, यस्तो छ तरिका
कोरियन भाषा पढ्ने विद्यार्थीहरुले अब वेबसाइटबाटै परीक्षाको अभ्यास गर्न सक्ने भएका छन् । परीक्षाको अभ्यासका लागि ईटहरी घर भएका सिस्टम इन्जिनियर गजेन्द्र गजमेरले यूबीटी भर्चुअल टेष्ट डटकम वेबसाइट निर्माण गरेका हुन् ।
दक्षिण कोरियामा ५ वर्ष काम गरेर नेपाल फर्किएका गजमेरले विकास गरेको वेबसाइटबाट सजिलै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने छ भने कोरिया जानेहरूका लागि पनि सजिलो हुनेछ ।
सो सफ्टवेर बाट युबीटी र सीबीटी दुवै किसिमको परीक्षागरूको विभिन्न तहको अभ्यास गर्न सकिन्छ । अभ्यास गरेपछि त्यसको नतिजा र र्याकिङ पनि उपलब्ध हुनेछ । अभ्यासका लागि ३ वटा प्याकेज छुट्याइएको छ, जसमा स्टार्टअप, सिल्भर र गोल्ड रहेका छन् ।
स्टार्टअप प्याकेजको शुल्क १२०० रूपैयाँ, सिल्भरको १६०० रूपैयाँ र गोल्डको २ हजार रूपैयाँ शुल्क तोकिएको छ । स्टार्टअप प्याकेज ३ महिना, सिल्भर ६ महिना र गोल्ड १ वर्षसम्म प्रयोग गर्न सकिने छ ।
त्यस्तै स्टार्टअप प्याक लिएकाले इमेलबाट मात्रै सपोर्ट पाउने छन् भने सिल्भर र गोल्ड प्याक लिएकाले इमेलका साथै फोन र ह्वाट्सएपबाट पनि सपोर्ट पाउने छन् ।
सफ्टवेयर बिक्री गर्दा आएको रकमबाट प्रति व्यक्ति २०० रपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाइ दान गर्ने र प्रति व्यक्ति १०० रूपैयाँ विदेशमा गएर विभिन्न कारणले दुख पाएकाहरुलाई सहयोग गर्न एउटा भलाई कोष खडा गर्ने उनको भनाइ छ । अब अभ्यासका लागि मोबाइल एप समेत ल्याउने तयारी छ ।
अपडेट
सानिमा बैंकको एपबाट क्युआर कोड स्क्यान गरी अन्नपूर्ण केबलकारमा भुक्तानी गर्दा छुट पाइने
सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । …
साइबर ब्यूरोको क्षमता विकासका लागि दक्षिण कोरियाको १ अर्ब अनुदान
नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब …
खेर गएको प्लास्टिकबाटै निकाल्न सकिन्छ आवश्यक इन्धन, नास्टसँग प्रविधि भएपनि काम अघि बढेन्
हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोग…
प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रि…
जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल
जीमेलले प्रयोगकर्ताहरुका लागि अफलाइन मोड सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुला…
३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा
मेटाले आफू जस्तै बनेर ३ लाख ५० हजार ओटा इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने सा…
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क नलिने इनड्राइभरले जानकारी दिएको छ ।…
डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/ए…
असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नति…
आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट
आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।…
ई-पासपोर्ट छिटो बनाउन कागजपत्र किर्ते
सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थ…
एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि …
एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ
नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी…
खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने
खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन …
सूचना विभागका सबै सेवा अब अनलाइनबाटै
सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिन…