कीवर्डहरू -

अपडेट

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपालमा वित्तीय पहुँचसम्बन्धि अध्ययन प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत पुगेका छन् ।

त्यस्तै मुलुकभर प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि रहेको छ । बागमती प्रदेशमा ३३.१२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता र ६.४० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रदेश २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको तथ्यांकमा देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको प्रयोग बढ्दै जाने राष्ट्र बैंकले जनाएको छ ।

अपडेट

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त भएका छन् । १ करोड भन्दा धेरै …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् । …

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र …

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले आज अगष्ट १९ मा आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । यो एफवान सफ्ट इन्टरन…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्दै

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईप…

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म …

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आध…

इसेवा मनि ट्रान्सफरद्वारा डिजिटल साक्षरताका लागि  इश्वर मन्दिर विद्यालयलाई टेलिभिजन सहयोग

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाज…

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ …

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबि…

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’, उपहारका साथै ६० प्रतिशतसम्म छुट पाइने

इ-कमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्रा…

भन्सार जाँचपासका सबै प्रक्रिया अब स्वचालित प्रणालीबाट हुने

भन्सार जाँचपासका सबै प्रक्रियालाई स्वचालित प्रणालीमार्फत कार्यान्वयन गर्ने गरी छैटौं भ…

अगस्ट ३१ मा बन्द हुँदै सगुनको मिनी आइपीओ

सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्…