कीवर्डहरू -

अपडेट

उद्यमशीलता विकासका लागि पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको सहकार्य

नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

पनौती नगरपालिकामा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै पाँचखाल नगरपालिकामा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए ।

त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्‍याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताए ।
नबिल बैंकले असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेकेँ हेँ ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विफन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षत्रको व्यवसायीकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।


अपडेट

अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्…

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई…

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँ…

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको …

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अन…

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई…

स्पेसएक्सले ढुवानी गर्‍यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल

स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका …

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोर रेटिङ राख्ने भएको छ । एन्ड्रोइड वा आई…

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने भोजको सेवा अब बुटवलमा उपलब्ध

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपा…

बालबालिकाहरूका लागि मोबाइल एप ‘नेपाली वणर्माला २’ सार्वजनिक

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका बेला फ्युचर एजु…

महालेखाले भन्योः नास्टले अनुसन्धान कार्यमा कम खर्च गर्दा अपेक्षित प्रगति हुन सकेन

महालेखापरीक्षकको कार्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्र…

गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी

गूगलले क्रोममा सात ओटा उच्च जोखिम भएको सुरक्षा खतराहरु भेटाएको छ । गूगल क्रोमको क…

सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पको पूर्व सूचना दिने प्रणा…