कीवर्डहरू -

अपडेट

प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन, थप २ ठाउँमा ट्राफिक लाइट जडान

सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको छ ।

महाशाखाले जय नेपाल चोकमा काठमाडौं महानगरपालिका १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं – १ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्वीच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन ।

उक्त उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ । यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं,’ उनले भने, ‘आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।’

उनले प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बोल्दै कामनपा – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

त्यस्तै कुमारी बैंकका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने पनि बताए ।

‍उद्‌घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानिय निकायका पदाधिकारीहरू, बैङ्कका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै अगाडी बढनेछ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

अपडेट

वाग्मती प्रदेश सरकारले उपलब्ध गरायो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यका…

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल…

एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने

एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार…

मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग

गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्च…

अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर

ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको…

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ…

गूगलले सार्वजनिक गर्‍यो नयाँ बग बाउन्टी प्लेटफर्म

गूगलले नयाँ बग बाउन्टी प्लेटफर्म

विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’

युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धे…

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछ…

४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्या…

बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ

हब्बलले बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ रहेको पत्ता लगाएको छ । बृहस्प…

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ …

संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…

नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकला…

मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाध…