अपडेट
इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धिमा काम गर्ने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ ।
१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् ।
१३ औँ वार्षिक उत्सवको अवशरमा प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले १४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गरे ।
कोभिड १९ महामारीको अहिलेको समयमा धेरै भन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरि आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढि शशक्त रूपमा अगाडी बढाउन प्रतिबद्ध रहेको समेत बताए ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
१३ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ ।
आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
अपडेट
मोबाइल चोरीको अभियोगमा प्रहरी हवल्दार र जवान निलम्बित
धनगढीमा मोबाइल पसलबाट मोबाइल चोरी गरेको अभियोगमा दुई जना प्रहरी निलम्बित भएका छ…
अब इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सकिने
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ अब इन्टरनेट बिना पनि चलाउन सकिने भएको छ । …
५७ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंकः ३७५२ जनालाई रोजगारी, १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता
राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक आजकै दिन …
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने
ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्य…
नोभाले जित्यो पीएमजीसीको उपाधी, पायो १७ करोड पुरस्कार
पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिप (पीएमजीसी) २०२१ को उपाधी नोभाले जितेको छ । फाइनल…
ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्दै इन्टेल, २० बिलियन डलर लगानी हुने
इन्टेलले ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्न २० बिलियन डलर लगानी गर्ने भएको छ । …
क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल, काउड वान लगायतमा आवद्ध भएर…
जेनेस सोलुसन आईएसओ २७००१ सर्टिफाइड
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसन आईएसओ सर्टिफाइड भएको छ । जेनेस इन्फर्…
क्रिप्टोकरेन्सी बजार क्रयास हुँदा एक ट्रिलियन डलर घाटा
विश्वव्यापी रुपमा क्रिप्टो बजारले एक ट्रिलियन अमेरिकी डलरको घाटा व्यहोरेको छ । बिटक…
ई-क्याबको सेवा शुरू, यस्ता छन् सुविधा
अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने प्लेटफर्म ई-क्याब नेपालको सेवा शुरू भएको छ । यात्र…
वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयलाई काठमाडौँ महानगरपालिकाको निर्देशन
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पि…
ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ग्राहकलाई निःशूल्क डु…
अनलाइन कक्षाका लागि मासिक २८८ रूपैयाँमा विद्यार्थीलाई इन्टरनेट दिदै डिशहोम
नेपालमा कोरोनाको तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अ…
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । ज…
हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो
विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट ए…