कीवर्डहरू -

अपडेट

ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त ट्राई नेसन्सका सिरिजका छ वटा खेलहरु भदौ २८ गते देखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्ट्स एचडी वान र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जस अन्तर्गत नेपाल र अमेरिकाबीच भदौ २८ गते, ओमान र नेपालबीच भदौ २९ गते, ओमान र अमेरिकाबीच भदौ ३१ गते, नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ ।

सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४ः१५ बजे ओमानको एमेरात क्रिकेट स्टेडियमबाट प्रत्यक्ष प्रशारण हुने छन् ।

अपडेट

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्र…

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्‍यो प्लेटफर्म

नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स…

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकार…

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक …

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद…

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग 

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्याल…

काठमाडौं उपत्यकाको थप २ ठाउँमा ट्राफिक लाइट जडान

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै शुक्रबारबाट महेन्द्रशाली…

११६६ के हो ? किन फोन गर्ने ? 

११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो । यो नम्बर आत्महत्या वा आत्महानीको…

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ…

शनिबार २ घण्टा आरटीजीएस खुला रहने 

भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।

‘विक…

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…