अपडेट
दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे
ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी’ थीममा आयोजना भएको कार्यक्रम सम्पन्न भएको हो ।
फोरममा सहभागीहरूले शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेशनको अन्वेषण, जसमा विशेषत: ड्राइभरलेस संचालन र कार्यप्रवाह व्यवस्थापनको बारेमा बताएका थिए ।
यस कार्यक्रमले एप्याक क्षेत्रभरबाट १३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडियाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, स्मार्ट कोर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेन चीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवन शैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको र आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पारेका थिए ।
‘मलाई लाग्छ प्रविधि तयार छ । एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं,’ उनले भने ।
ह्वावे एप्याक इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतिहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए ।
‘ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण (एलटिए), हंग कंग एमटिआर, टर्की टीसीडीडी र जर्मनीको ड्च बान (डिबी) जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसंग नयाँ प्रविधि एकीकृत गरी डिजिटलाइजेशनको गति बढाउनमा मद्दत गर्दछ । हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ,’ वांगले भने ।
ग्लोबल रेल बिजनेस अरुपका निर्देशक टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु डाटा, एनालिटिक्स, र संचार शेयर गरेका थिए ।
उनले भने ‘वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसंग छ जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दै छन् र कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिदै छन् र त्यसपछि कसरी केहि मात्रामा इन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल संचालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिन्छ ।’
शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गरे ।
यो यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न, डिजिटल इन्टेलिजेन्ट सक्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर रहेको उनले बताए ।
ह्वावेले एप्याक र फराकिलो संसारमा रेलवे उद्योगको लागि सुरक्षित, खुला र इन्टेलिजेन्ट उत्पादन र सोलुसनहरुको इनोभेशन गर्नमा प्रतिवद्धता जनाएको छ ।
साथै डिजिटल रूपान्तरण सुविधा दिन र हरेक ट्राफिक र यातायात प्रणालीलाई धेरै विश्वसनीय, अधिक कुशल, सुरक्षित र ग्रीन बनाउनको प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।
अपडेट
अगस्ट ३१ मा बन्द हुँदै सगुनको मिनी आइपीओ
सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्…
हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड
हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अ…
नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका
सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रवि…
साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने
एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । …
एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात
एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न …
अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने …
कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका
कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ…
गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली ब…
एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने
एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैया…
६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव
क्रिप्टोकरेन्सी प्लेटफर्म पोली नेटवर्कले ६० करोड अमेरिकी डलर बढी मूल्यको क्रिप्टोकरेन्स…
नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै
नासाले पठाएको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्…
ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम
ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले …
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्याउन सफल …
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा विभिन्न नि:शुल्क सुविधाहरु पाइने भएका छन् । …
कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’
हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ ब…