अपडेट
कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?
मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।
राहदानी विभागका अनुसार हालसम्म झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा,ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवनबाट ई-पासपोर्ट लिन सकिन्छ ।
विभागले यी बाहेक अन्य जिल्ला र विदेशमा रहेका नेपाली राजदुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्ने तयारीसहित काम गरिरहेको छ । ई-पासपोर्ट वितरण गर्न शुरू भएसँगै अहिले एमआरपी राहदानी वितरण गर्न बन्द गरिएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुन्छ भने काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्छ । विदेशबाट निवेदन दिनेको हकमा यो अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र नम्बर जिल्ला प्रशासन कार्यालयबाट पाउन सकिन्छ ।
ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।
यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
अपडेट
विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्
राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…
यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज
अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…
स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…
फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने
आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…
एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…
टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने
नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…
अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…
प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त
प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर दिपेश विष्ट…
१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…
कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?
प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…
खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…
बढ्दै अनलाइन जुवाको जालो
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…
आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना
एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…
आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक
आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…
जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई
स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…