अपडेट
सुरक्षण मुद्रणमा परीक्षण छपाइ, अब स्वदेशमै अन्तःशुल्क स्टिकर छाप्न सकिने
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ ।
छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मसिन) र एक थान डाई कटिङ मसिन जडान गरी छपाइको नमुना कामसमेत सम्पन्न भएको भएको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माद्वारा छापाखानाको अवलोकन गरिएको जानकारी दिए ।
‘अर्थमन्त्रीबाट छापाखानाको अवलोकन भएको छ, उक्त अवसरमा हामीले नेपालमा नै अब अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा नमुना स्टिकर छापेर देखाएका हौँ’’, उनले थपे, ‘नेपालमा नै अब अहिले प्रयोगमा आएभन्दा गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’
सरकारले छापाखानाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी अन्तःशुल्क स्टिकर छाप्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदका लागि बजेट व्यवस्थापन गरेको खण्डमा स्वदेशमा नै अन्तःशुल्क स्टिकर छाप्न सकिने उनले बताए ।
सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मसिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिएका थियो ।
हाल जडान गरिएका मसिनले वार्षिक ६० करोड थान अन्तःशुल्क स्टिकर छाप्न सक्ने सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरेले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको करिब ७३ करोड रुपियाँमध्ये उच्च सुरक्षित डिजिटल मुद्रण मसिन, डाई कटिङ मसिन र केही थान सूचना प्रविधिका उपकरण खरिद गरिएको हो ।
छापाखाना स्थापनाका लागि सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
राहदानी (पासपोर्ट), बैङ्क नोट, राजस्व स्टिकर लगायतका वस्तुको छपाइ स्वदेशमा नै गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखानाको काम थालिएको हो ।
राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले सरकारले छापाखाना स्थापना गर्ने योजना अघि बढाएको हो ।
केन्द्रका अधिकृत घिमिरेले छापाखानाका लागि आवश्यक पर्ने प्याकेजिङ मसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको बताउँदै त्यसको मूल्याङ्कनको काम भइरहेको बताए ।
उनले आवश्यक पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिन यस वर्ष पार्क परिसरमा आवश्यक गोदाम घर निर्माण गर्न जग्गा सम्याउने काम भइरहेको बताए ।
छापाखाना रहने जग्गाको वरिपरि आन्तरिक सुरक्षा सडक निर्माणको काम, वर्षामा आउने पानीलाई व्यवस्थित गर्न नाला निर्माण भइरहेको छ । इलेक्ट्रोमेकानिकल र इलेक्ट्रिक इक्युपमेन्ट जडानको कामसमेत अघि बढेको शाखा अधिकृत घिमिरेले बताए । यस्तै यसै वर्ष गोदाम घर निर्माण हुने स्थान नजिक पर्खाल लगाउन बोलपत्र आह्वानसमेत गरिने उनले बताए ।
हालसम्म वैकल्पिक ऊर्जाका लागि चार मेगावाट क्षमताका जेनेरेटरको व्यवस्थापन गरिएको छ भने एक÷एक लाख लिटरका दुईवटा खानेपानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ ।
त्यसैगरी वैकल्पिक ऊर्जाकै लागि तीन लाख लिटर क्षमताको भूमिगत इन्धन भण्डारण ट्याङ्की निर्माण, सूचना प्रविधि पार्कभित्रका भवनहरूको मर्मत, सम्भार र विद्युतको लाइन भूमिगत गरिएको छ ।
जनशक्तिका लागि एकजना उपसचिव, सात जना शाखा अधिकृतसहित राजपत्राङ्कित आठजना र नायव सुब्बा, खरिदार, कार्यालय सहयोगी, सवारी चालकलगायतका अन्य २४ कर्मचारी गरी कुल ३२ जनाको अस्थायी दरबन्दीका कर्मचारीको लागि मन्त्रालयमा सिफारिस गरिएको घिमिरेले बताए । गोरखापत्र
अपडेट
अनलाइनमा विदेशीलाई जुवा खेलाउने १२ जना पक्राउ
अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरील…
एफटीटीएच उपलब्ध नभएका ठाउँमा टेलिकमको फोरजी नमस्ते वाईफाई, कति पर्छ मूल्य ?
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा त…
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमल…
माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक
माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस …
माइक्रोसफ्टले ६९ अर्ब डलरमा खरिद गर्यो क्यान्डिक्रस बनाउने कम्पनी एक्टिभिजन ब्लीजार्ड
माइक्रोसफ्टले अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौतामा एक्टिभिजन ब्लीजार्ड कम्पनी खरिद गरेक…
फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा
अब नेपालमा पनि नेटटिभीको स्ट्रिम्ज प्लस सेट टप बक्समा एयरकन्सोल उपलब्ध भएको छ । यो स…
सामसङको एक्जीनोस २२०० सार्वजनिक
सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग …
को हुन् दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्त भएकी आँचल कुँवर ?
नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देश…
सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स
नेट टिभीले एन्ड्रोइड टिभीमा आधारित ‘नेट टिभी स्ट्रिम्ज प्लस’ सेटअप बक्स सार्वजनिक गरे…
‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै
यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल व…
दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर
भिभोले नेपाली बजारमा ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२…
उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले आयोजना गरेको ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न …
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न
हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यम…
दराजको नयाँ लोगोले के बुझाउँछ ?
दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण …