कीवर्डहरू -

अपडेट

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ? 

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।

नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।

यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि एक वर्ष रहेको छ । बीमा सुविधाका लागि योग्य प्रयोगकर्तालाई एसएमएसबाट जानकारी दिइनेछ ।

यस बीमा अन्तर्गत दुर्घटना मृत्यु, स्थायी अशक्तता, अस्पतालको उपचार खर्च, आंशिक अशक्तता कभर हुनेछ । बीमा सुविधा पाउन महिनामा माई पेबाट प्रत्येक महिना १ हजार रूपैयाँ कारोबार गर्नुपर्नेछ । यसमा फण्ड लोड, बैंक ट्रान्सफर र वालेट ट्रान्सफर भने जोडिने छैन् ।

यदी तपाईले प्रत्येक महिना १ हजार कारोबार गर्नुभएन भने बीमा सुविधा पाउनु हुने छैन् । मोई पे मोबाइल वालेटबाट टपअप, ल्याण्डलाइन, विद्युत, इन्टरनेट, खानेपानी, टेलिभिजन, खानेपानीको बील तिर्न सकिने छ ।

त्यस्तै एयरलाइन्स, केबल कार, बसको टिकट बुकिङ गर्न पनि सकिन्छ । साथै यसबाट १ रूपैयाँमा कुनै पनि बैंकमा जतिसुकै रकम पनि पठाउन सकिन्छ । माईपेबाट पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक समेत पाइन्छ ।

अपडेट

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रमा खुवा बनाउने मेसिनको निर्माण भएको छ । राष्ट्रिय आविष्कार क…

‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न ठाउँको टिकट निःशुल्क

‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।

एप्पलले रुसमा लगायो सबै एप्पल प्रडक्टको विक्रिमा प्रतिबन्ध

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्न…

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने 

टिकटकमा अब १० मिनेटसम्मको भिडियोहरू अपलोड गर्न सकिने भएको छ । युट्युबलाई चुनौती …

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नव नियुत्त ठ…

कृषि उत्पादनको आपूर्ति सहज बनाउने स्टार्टअपलाई ५० लाखसम्म अनुदान

सहज च्यालेन्ज फण्डले नवीनतम व्यवसायीक योजनालाई ५० लाख रुपैयाँसम्मको अनुदान दिने भए…

२६ वर्षको उमेरमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका छोराको मृत्यु 

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाका छोरा जेन नाडेलको मृत्यु …

एनसेलको नयाँ अल टाइम डेटा प्याक, १२५ रूपैयाँमा ५ जीबी डेटा

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्रा…

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत…

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उ…

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

तपाई चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय तहबाट पाउने स…

स्टार अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ…

महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन, पूजा सामग्री खरिदमा ३० प्रतिशतसम्म छुट

महाशिवरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रीको अवसरमा…

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपति क्षेत्र विकास कोषले अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था …