अपडेट
कोड फर नेपालले चारसयलाई डेटा फेलोशिप दिने, यसरी दिनुहोस् अनलाइन आवेदन
‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना लामो यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ ।
फेलोशिपले यस वर्ष ४०० भन्दा बढी नेपालीहरूको डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रवर्द्न गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो ।
कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन् ।
साथै उनीहरुले रोजगारीका विभिन्न अवसरहरु पनि प्राप्त गर्नेछन्। फेलोशिपका सम्पूर्ण सहभागीहरुले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी छ ।
फेलोशिपमा चार चरणहरु हुनेछन् डाटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट । जसमा डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरुले आफ्नो डेटा र डिजिटल सीपहरू बृद्धि गर्नेछन् ।
यो कोर्स तीन महिनाभित्र सक्नु पर्नेछ । त्यसपछि असाइनमेन्ट अन्तर्गत फेलोहरूले असाइनमेन्टलाई ब्लग पोष्ट, डाटा भिजुअलाइजेशन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपको रूपमा पेश गर्नुपर्नेछ ।
यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिनेछ । नेपाल भित्र र बाहिर बस्ने नेपालीहरू यस फेलोशिपको लागि आवेदन दिन सक्ने छन्।
इन्टरनेट र ल्यापटपको पहुँच भएका नेपाली युवाहरूले आफूलाई उपयुक्त हुने समयमा डेटाक्याम्पमा उपलब्ध विभिन्न सिकाई सामग्रीहरु अध्ययन गरेर यस कार्यक्रमको भरपूर फाईदा लिन सक्नेछन् ।
फेलोशिपको अवधि ३ महिनाको हुनेछ । यसका लागि साधारण प्रोग्रामिङको ज्ञान भएको हुनुपर्नेछ । आईटी र प्रोगामिङ्मा आधारभुत ज्ञान भएका र डेटा सीप विकास गर्न खोज्ने नेपालीहरुलाई लक्षित गरिएको कोड फर नेपालले जनाएको छ । आवेदन दिने अन्तिम समय डिसेम्बर १५ सम्म रहेको छ ।
कसरी आवेदन दिने ?
डाटा फेलोशिपको लागि आवेदन खुला भईसकेको छ । इच्छुक सहभागीहरूले यहाँ क्लिक गरी फारम भरेर फेलोशिपको लागि आवेदन दिन सक्नेछन्।
छानिएका उम्मेदवारहरूलाई आवेदनको म्याद सकिएपछि अन्तर्वार्ताका लागि बोलाइनेछ । चयन गरिएका सहभागीहरुले फेलोशीपमा भर्ना भएको तीन महिनाभित्र कोर्सका सबै चरणहरू पूरा गर्नुपर्नेछ ।
यस फेलोशिपले सहभागीहरूको डेटा सम्बन्धि सीप विकास गरेर नयाँ अवसरहरूका ढोका खोल्ने लक्ष्य राख्छ । सहभागीहरूले फेलोशीप अवधिपश्चात विभिन्न परियोजनामा सहभागी भई आयआर्जनका विविध अवसरहरु प्राप्त गर्नेछन् ।
अपडेट
नेपालमै पहिलो पटक आरआई ह्याकथन आयोजना हुँदै, विजेतालाई एकलाख पुरस्कार
रेनिगेडले पहिलो आरआई ह्याकथन आयोजना गर्ने भएको छ । यो आरआई ह्याकथन १७ देखि १९ डि…
एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सय सम्म छुट
एनएमबि बैंकले भिडियो कलबाटै अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रण…
नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता
नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नाग…
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदै
चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार ए…
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको स…
मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर
नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु …
दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर
यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्ष…
बैंक अफ काठमाण्डूका कार्ड प्रयोगकर्तालाई दराज १२.१२ मा २ हजारसम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजना…
नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक वि…
अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रालि प्रवर्द्धन र वितरणको साझेदार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिन…
राष्ट्रिय परिचयपत्र अभियान तीव्र
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको रा…
जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क
सामसङ नेपालले जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्ष…
अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी
नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि…
मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने
भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाट…