कीवर्डहरू -

अपडेट

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालका स्थानीय कम्पनीहरुलाई विकास र मद्दत गर्ने हेतुले स्थापित संस्था बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख विदेशी प्रत्यक्ष लगानी प्राप्त भएको फ्युजमेसिनले घोषणा गरेको छ ।

प्राप्त रकमबाट फ्यूजमेशिनले आफ्नो नेपालमा रहेको कार्यालयमा २०० नयाँ इन्जिनियरहरु थप गर्ने साथै नेपालमा एआई शिक्षा र दक्षता अझ बढी बिकास गर्न प्रयोग हुने बताएको छ ।

बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष सिद्धान्त राज पाण्डेले भने,‘फ्यूजमेशिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्दछौं साथै फ्यूजमेशिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं ।’

त्यस्तै फ्यूजमेशिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुन: सीप र दक्षता विकास गर्न प्रयासरत भएको बताए । उनले हाल प्राप्त लगानीले नेपालमा थप नयाँ र विश्वसनीय प्रतिभा थप्दै संस्थाको प्रयासलाई थप बलियो बनाउने आशा व्यक्त गरे ।

फ्यूजमेशिनले विगतका वर्षहरूमा पनि नेपालका शैक्षिक संस्थाहरूसंग रणनीतिक तालिम साझेदारीसंगै बिभिन्न एआई शिक्षा सम्बन्धि कार्यक्रमहरू जस्तै, एआईटुगो तालिम कार्यशाला, एआई फाउन्डेसन र माइक्रोडिग्री इन एआई पाठ्यक्रम ल्याउन सफल भएको थियो । कम्पनीको  बारे थप जानकारीको लागि यहाँ क्लिक गरी लिन सकिन्छ ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) मा काम गरिरहेको संस्था फ्यूजमेशिनको स्थापना सन् २०१३ मा भएको हो । यसले एआईको आवश्यकता र महत्वलाई बुझेका तर दक्ष एआई इन्जिनियरको अभावमा संघर्ष गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्छ ।


अपडेट

अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने

ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…

शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…

बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य

साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…

सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने

सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि व…

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । …

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा २० प्रतिशत छुट 

काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्…

राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज हुँदै, काठमाडौँ उपत्यकाका पालिकाबाट पनि दिने तयारी

नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर…

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…

डिशहोमलाई एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड म…

अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ

के तपाई मेडिकल (चिकित्सा) सम्बन्धि अध्ययन गर्दै हुनुहुन्छ ? के तपाईलाई अनलाइनमै निः…

विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुर…

अब अजोड इन्स्योरेन्स एनपीआईमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न…

विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर

इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड …