अपडेट
दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका
ईकमर्स कम्पनी दराजले आइतबारदेखि ‘दराज महाबचत बजार’ अभियान सुरु गरेको छ । कम्पनीले ग्राहकका लागि बचत प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
अभियानका मुख्य हाइलाइटमा ४ हजार रूपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि-पेमेन्टमा २ हजारसम्मको छुट, १ रूपैयाँमा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।
यस अभियानमा नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डबाट प्री-पेमेन्टमा आकर्षक छुटको व्यवस्था रहेको छ ।
यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिशत (१५ सय रूपैयाँसम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (२ हजार रूपैयाँसम्म) छुट पाउनेछन ।
यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ। यसैगरी ग्राहकहरु आफ्नो आईएमई पे मार्फत प्री-पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्दछन् ।
आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदहरूमा २० प्रतिशत (१ हजार रूपैयाँसम्म) छुट पाउन सक्नेछन् ।
यसबाहेक पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ प्रतिशत (५०० रूपैयाँ) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २० प्रतिशत (५०० रूपैयाँ) छुट पाउन सक्नेछन ।
दराज महाबचत बजारमा ‘खेल एक रुपैयाँ’मा भाग लिएर ग्राहकहरुले १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्ने दराजले जनाएको छ ।
खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदी जितिएन भने रकम फिर्ता हुने दराजले जनाएको छ ।
दराजका अनुसार दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च भएको छ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ ।
शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट पाइने दराजले जनाएको छ ।
अपडेट
विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने
काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पु…
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमै…
डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा
बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्य…
सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा
नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्…
५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज…
नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने
नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै …
म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका
फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…
पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने
पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…
महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई
वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । ब…
एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा य…
आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सि…
ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने
के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहु…
जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…
कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक
फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …