कीवर्डहरू -

अपडेट

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बिहान १० बजेदेखि सेमिफाइनल शुरू हुनेछ ।

यो वर्षको हल्ट प्राइजमा विश्वलाई फेरि काममा फर्काउने अर्थात गेटिङ दि वर्ल्ड ब्याक टु वर्क थिममा विद्यार्थीका परियोजना आधारित हुनेछ ।

बज्र टेक्नोलोजिज,  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आयोजना भएको हल्ट प्राइज एट आईओईमा कुल १०६ उद्यमी टिमहरुले रजिष्टर गरेका थिए, जस मध्ये ५० टिमहरुले सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हरेक टिमलाई उनीहरुद्वारा पेश गरिएको बिजनेस प्रपोजलका आधारमा चयन गरिएको हो। वान टु वान मेन्टरशीप सिरिज पछि भव्य सेमिफाइनल आयोजना गर्ने तय गरिएको हो ।

सेमिफाइनलमा एमआईटीका अनुसन्धानकर्ता तथा उद्यमी पियुष वर्मा, मोहम्मद जिया उद्दिन, श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक  क्रिस्टिन गोल्ड, थट फर फूडकी संस्थापक र सीईओ आयुष बत्ती, सोलूसन डेलिबरीका निर्देशक अशोक कोइराला, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता निशेष तिवारी, हार्डवेयर सोलूसनस्का वरिष्ठ निर्देशक र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज निर्णायकमा रहेका छन् ।

५० टिमहरुले यीनै निर्णायकहरु सामू आफ्ना व्यापार विचारहरु पेश गर्नेछन्, जस मध्ये १८ टिमहरुलाई फाइनलका लागि चयन गरिनेछ ।

यसबाहेक, कार्यक्रमले केही विशेष उद्यमीहरुलाई गेष्ट स्पिकरहरुका रुपमा बोलाउने जनाएको छ । यस पटकको हल्ट प्राइज एट आईओईको सेमीफाइनल विगतका वर्षभन्दा अझ भव्य र शभ्य हुने बताइएको छ ।

राष्ट्रिय, अन्तराष्ट्रिय गेष्ट स्पिकर उपस्थिति र ११ कलजेको सहकार्यमा  हल्ट प्राइज एट आईओईले सम्पन्न गरेको चार उद्यमशिलता टक सिरिज तथा दुई वर्कशप महिनाकै टप अन क्याम्पस प्रोगामका रुपमा विश्वमै फिचर्ड भएको थियो ।

अपडेट

प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त  

प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर  दिपेश विष्ट…

१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…

कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ? 

प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…

खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…

बढ्दै अनलाइन जुवाको जालो

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…

आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…

आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…

जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई

स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परि…

संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ? 

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरे…

एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर

१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको न…

प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे

सूचना प्रविधि कम्पनी ह्वावे विश्वका १० मूल्यवान ब्राण्डभित्र पर्न सफल भएको छ । सन् २०२२…

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा …

एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने

सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका …