कीवर्डहरू -

अपडेट

निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिनेको संख्या बढ्दै

टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको सङ्ख्या बढ्न थालेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै यो साता दैनिक ४० देखि ५० वटा सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन आइरहेको केन्द्रले जनाएको छ ।

हालसम्म यहाँबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीसाधनको सङ्ख्या छ हजार पुगेको केन्द्रका प्रमुख मणिराम भुषालले बताए ।

उनका अनुसार नयाँ र पुरानो दुबै सवारीसाधनमा नम्बर प्लेट लिन सवारी धनी आइरहेका छन् । केन्द्रबाट वितरण भइरहे पनि त्यसको व्यवस्थापनको काम यातायात व्यवस्था विभागबाटै भइरहेको छ । नयाँ दर्ता भएका सवारीसाधनमा रातो नगरी एकै पटक इम्बोस्ड लिनेको सङ्ख्या बढ्दै गइरहेको उनले बताए ।

उनले भने, ‘सरकारले यसलाई सबै सवारीसाधनमा अनिवार्य गर्नसक्ने भन्दै नयाँ किन्ने सोझै इम्बोस्ड नै लिन थालेका हुन् ।’ केन्द्रमा इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेकोमा यसका लागि विभागले छुट्टै जनशक्ति पठाएको केन्द्रले जनाएको छ ।

एक जना ओभरसियर केन्द्रको भए पनि बाँकी छ कर्मचारी विभागले पठाएको छ । मेकानिकल इञ्जिनीयर दुई, कम्युटरमा दुई, बायोमेटिक्स दुई र स्टोरमा एक जना कर्मचारी रहेका छन् । त्यहाँ कार्यरत कर्मचारीले मेकानिक इञ्जिनीयरको सङ्ख्या कम भएको भन्दै चार जना हुनुपर्ने माग गरेको प्रमुख भुषालले बताए ।

अहिले दुई कर्मचारीले गर्न भ्याइनभ्याइ भइरहेको छ । एक जना बिदामा हुँदा समस्या थपिने गरेको उनले बताए । अहिले केन्द्रले जनशक्तिका आधारमा दैनिक ५० वटासम्म नम्बर प्लेट वितरण गर्नसक्छ ।

उनले भने, ‘अहिले मेकानिकल इञ्जिनीयर चार पुर्‍याउँदा दिनमा ९० सवारीसाधनलाई नम्बर प्लेट दिन सकिन्छ ।’ सरकारले केही वर्ष पहिले नै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट शुरु गर्ने निर्णय गरेको थियो ।

नम्बर प्लेट वितरणका विषयमा अदालतमा मुद्दा रहेकाले केही वर्षसम्म अघि बढ्न सकेको थिएन । गत वर्ष साउनदेखि नम्बर प्लेट वितरण शुरु गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा यसको शुरुवात गरेका थिए ।

यातायात विभागले गत आवमा सबै सरकारी सवारीसाधनमा अनिवार्य गर्ने निर्णय गरेको थियो । अझै पनि सबै सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लिइसकेका छैनन् । सरकारले अझैसम्म अनिवार्य नगरेका कारण अहिलेसम्म पनि इम्बोस्ड लिने सवारीसाधनको सङ्ख्या कम छ ।

सरकारले फरकफरक किसिमका सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन फरक कार्यालय तोकेको छ ।

सरकारी सवारीसाधनका लागि बानेश्वरस्थित विभागको कार्यालय, निजी चारपाङ्ग्रे सवारीसाधनका लागि टेकुस्थित केन्द्र, दुई पाङ्ग्रे सवारीसाधनका लागि सतुङ्गलस्थित यातायात व्यवस्था कार्यालय र सार्वजनिक सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय तोकिएको छ । रासस


अपडेट

स्क्वारले बिटक्वाइनका लागि हार्डवेयर वालेट बनाउने

स्क्वारले बिटक्वाइन लागि हार्डवेयर वालेट बनाउने भएको छ । ट्वीटर र स्क्वारको सिईओ ज्या…

टीसीएलका वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको मोटर वारेन्टी

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले नेपाली बजारमा वासिङ मेसिन भित्र्याएक…

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषमा

स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका …

अमेरिकाका ३७ राज्यले गूगल प्लेस्टोर विरुद्ध हाले अविश्वासको मुद्दा

गूगल प्लेस्टोरको विरुद्ध अमेरिकाका ३७ राज्यले अविश्वासको मुद्दा अघि सारेका छन् । यी …

अनलाइनबाट युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाउने एक पक्राउ

युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टे…

भिडियो आवेदन दिने फिचरको परिक्षण गर्दै टिकटक

टिकटकले अमेरिकाका प्रयोगकर्तालाई रोजगारीका लागि भिडियो आवेदन बनाउन दिने फिचरको …

ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध अदालतमा मुद्दा हाल्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध मुद्दा हाल्…

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने

हिमालय एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्…

देशभरका सबै मालपोत कार्यालय अब अनलाइन प्रणालीमा 

बुधबारदेखि नेपालका सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएका छन् । असार २३ गत…

अनलाइन सरुवा प्रणाली प्रभावकारी

भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएक…

थोरै मान्छेको ग्रुपका लागि पनि टुगेदर मोड फिचर ल्याउँदै माइक्रोसफ्ट 

माइक्रोसफ्टले टिम्समा थोरै मान्छेमा पनि टुगेदर मोडको फिचर ल्याउने भएको छ । यो फिचर…

गैर-प्राविधिकका लागि किन आवश्यक छ फ्युजमेसिनको एआई वर्कशप ? (भिडिओ)

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा काम गरिरहेको संस्था फ्यूजमेशिन इंकले एआई…

जुम जस्तै चिनिया नयाँ एप ‘झुमु’ सार्वजनिक

नयाँ भिडियो कन्फेरेन्सीङ एप झुमु सार्वजनिक भएको छ । एप्पलको एप सटोरमा चीनको झुम भ…

यस्ता छन् एनसेल एप चलाउँदा निःशुल्क पाइने थप सुविधाहरु

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रयोगकर्ताको सहजताका लागि मोबाइल…

आईटी नियम नमानेपछि ट्विटरले भारतमा गुमायो कानूनी संरक्षण

ट्विटरले भारतीय सरकारको निर्णयसँगै भारतमा कानूनी संरक्षण गुमाएको छ । ट्विटरले भार…