अपडेट
सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट अब सिधैं भुक्तानी गर्न सकिने
सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।
खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।
यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।
‘खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाइ विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सहि बनाउन थप टेवा पुग्नेछ,’ खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने ।
‘उक्त सेवा संचालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाइ निकै सहज हुने अपेक्षा हामिले गरेका छौँ,’ भुर्तेलले बताए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भने, ‘सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्ती सँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा हामिले दिन पाएकोमा ज्यादै खुशि छौँ ।’
उनले अगाडि थपे, ‘यो सफलताको पछाडी व्यवस्थापक र प्राविधिक पक्षको ठुलो हात रहेको हुँदा वहाँहरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहान्छु । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुबैको प्रतिष्ठा बढाउन थप मद्दत मिलेको छ ।’
अपडेट
दिगो विकासका लागि नेपालमा युएनडीपी र एनसेलको साझेदारी
नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्ध…
वित्तिय क्षेत्रमा डिजिटाइजेसन व्यापक बढेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले डिजिटाइजेसनमा वित्तिय क्ष…
सरकारले आश्वासन दियो तर इन्टरनेटको कर घटाएनः सुधीर पराजुली
इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बजेटबाट सरकारले इन्टरनेट…
सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले सरकारले डिजिटाइजेसनलाई प्…
आईडीपी कार्ड प्रिन्टरबाट जुनसुकै समयमा नयाँ आइडी कार्ड प्रिन्ट गर्न सकिने
कोरोना महामारीले देश आक्रान्त छ । अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् । कोरोना महा…
सिटिजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै २ लाखसम्मको कर्जा लिन सक्ने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्…
डिजिटल नेपालका लागि बजेट विषयमा शनिबार डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी
डिजिटल नेपालका लागि बजेट विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । शनिबार अर्था…
नेपाल कोभिड समर्थन प्लेटफर्म बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार
टेक वेबिनारले नेपाल कोभिड समर्थन प्लेटफर्म बारे आफ्नो तिसौँ श्रृङखला आयोजना गर्ने भ…
‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिन लागेका हौं’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको लागि नेपाल…
मोबाइल व्यवसाय बन्द गरेपछि आफ्नो डिजिटल वालेट पनि बन्द गर्दै एलजी
एलजीले आगामी नोभेम्बरमा आफ्नो डिजिटल वालेट एलजी पे बन्द गर्ने योजना बनाएको छ । प्र…
गूगलले क्रोममा ल्यायो ‘इनह्यान्स्ड सेफ ब्राउजिगं मोड’, के हो यो ?
गूगलले क्रोम ब्राउजरलाई सुरक्षित ब्राउजर बनाउने प्रयास निरन्तर गरिरहेको छ । गूगलले …
ओपोद्वारा ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनको घोषणा
ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनको घोषणा गरेको छ । अन्तरक्रियात्मक वर्कशप्स, …
ट्वीटरले क्लबहाउस जस्तै सुविधा भएको स्पेसेसका लागि छुट्टै सेक्सन दिने
ट्वीटर एपले क्लबहाउस जस्तै अडियो फिचर स्पेसेसको लागि छुट्टै सेक्सन दिने भएको छ । ट्…
मोबाइल, ल्यापटप, स्मार्टवाच, कार र अन्य उपकरणमा प्रयोग गर्न सकिने हुवावेको ‘हार्मोनी ओएस’
ह्वावेले फोनका लागि नयाँ अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले बुधबार स्मार्टफोनका ला…
डिशहोमका ग्राहकलाई अब १० एमबीपीएसको फाइबर इन्टरनेट निःशुल्क
डिशहोमले ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । डिशहोमले लाइ…