अपडेट
अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले अनलाइनबाटै निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सञ्चालन गर्ने भएको छ । फेस्ट कम्पनिले यसअघि पनि विभिन्न अनलाइन मार्फत विभिन्न कोर्षहरु निःशुल्क सञ्चालन गरेको थियो ।
आगामी जेठ २५ गतेबाट शुरु हुने निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन हुनेछ । कक्षा दैनिक ९० मिनेटसम्म सञ्चालन हुने आयोजनकले जनाएको छ ।
निःशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ अवसर र क्यारियरको विषयमा चर्चा गरिनेछ । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिइनेछ । निःशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन हुनेछ ।
पाइथन सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइनेछ कम्पनीले जनाएको छ । सेसनको समय विहान ११ बजे देखि १२ः३० बजे सम्म सञ्चालन हुनेछ ।
निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
फेस्टले लकडाउनमा नै निशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक र सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।
फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।
फेस्ट कम्पनिले विज्ञान र प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरससरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ ।
अपडेट
बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध
सरकारले मुलुकभरका आधारभूत बिद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने योजनालाई अगाडि बढाएको छ ।
…
मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा
कोभिड–१९ महामारीको समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन…
विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर
नयाँ एआई सुपरकम्प्युटर पर्लम्युटरले विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्…
अपरिचित व्यक्तिसँग भिडियो तथा भ्वाइस कल नगर्न साइबर ब्यूरोको आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित व्यक्तिले भिडियो कल गरेमा सचेत रहन आग्रह गरे…
‘विश्व बैंक समुह युवा सम्मेलन २०२१’ मा युवा वैज्ञानिक बानियाँ नेपाली प्रतिनिधि
विश्व बैंक समुह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानि…
बजेटमा सूचना तथा सञ्चार प्रविधि : यस्ता छन् समावेश भएका कार्यक्रम
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट ल्याएको…
अब घरबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्न सकिने
अब सेवाग्राहीले अनलाइनबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित क…
यी हुन संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा उल्लेख कार्यक्रमहरु
सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने…
हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने
आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक स…
स्टार्टअपलाई ५ वर्षसम्म कर छूट
सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।
सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …
हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने
आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको । हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन ग…
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड हुने भएको छ ।
आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने
विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…