कीवर्डहरू -

अपडेट

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किओस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् ।

आज एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु-पेको किओस्क मेसिन उद्‌घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।

उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।

उनले आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु-पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरे ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमश परिस्कृत गर्दै आजैदेखी मेसिनमा नगद प्रयोग गरि जरिवाना तिर्न सकिने सेवा शुरु गरेको छ ।

प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किओस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गरे ।

उनले यो मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वीत हुने समेत बताए ।

हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?

सर्बप्रथम प्रभु-पेको किओस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस् ।

त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समेत यो मेसिनले महत्वपुर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी संजीब शर्मा दासले बताए ।

ट्राफिक जरिवाना तिर्न विभिन्न प्रविधिको बिस्तार गर्ने क्रममा मोबाईल बैंकिङ वा अन्य अनलाईन प्रविधिको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगी हुनेछ ।

ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ ।

विभिन्न प्रविधिको प्रयोग गरि ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।

अपडेट

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ ।

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…

वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट

डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३…

अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने

ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…

शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…

बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य

साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…

सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने

सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि व…

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । …

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा २० प्रतिशत छुट 

काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्…

राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज हुँदै, काठमाडौँ उपत्यकाका पालिकाबाट पनि दिने तयारी

नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर…

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…

डिशहोमलाई एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड म…