अपडेट
ह्वावे कनेक्ट २०२१ शुरू
ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१ हिजो शुक्रबार ८ असोज देखि सुरू भएको छ ।
यस कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष एरिक जूले इनोभेटिंग ननस्टप फर फास्ट डिजिटलाइजेशन शीर्षकमा आफ्नो मन्तव्य राखी कार्यक्रमको उद्घाटन गरेका थिए ।
यस वर्षको ‘डाइभ इन्टु डिजिटल’ भन्ने थिम रहेको कार्यक्रममा डिजिटल प्रविधिको महत्वपूर्ण व्यापारिक चुनौतिहरुलाई सम्बोधन गर्न कसरी व्यापार परिदृश्य र उद्योगलाई एकीकृत गर्न सकिन्छ र कसरी स्टेकहोल्डरहरु खुल्ला उद्योग इकोसिस्टमलाई बढावा दिन र साझा सफलतालाई बढावा दिनको लागि प्रभावकारी ढंगले काम गर्न सक्छन् भन्ने कुराको खोज गरिएको थियो ।
कार्यक्रममा चार महत्वपूर्ण पक्ष, पाँच शिखर सम्मेलन र ६६ सत्रहरु निर्धारण गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका विज्ञ, व्यापारीक लिडर, शीर्ष टेक विशेषज्ञहरु र इकोसिस्टम साझेदार गरी २०० भन्दा बढी स्पीकरहरु रहेका थिए ।
आफ्नो मुख्य मन्तव्यमा जूले उद्योगहरुलाई डिजिटल तर्फ जान मद्दत गर्न हरेक व्यक्ति, घर र संगठनलाई पूर्ण रूपमा जोडेर, इन्टेलिजेन्ट संसारमा डिजिटलीकरणलाई कसरी पहल्याउने ह्वावेको एउटा महत्वपूर्ण मिशन हो भन्ने कुरा बताए । जूले डिजिटल विकास डिजिटल प्रविधिमा निर्भर हुने गर्दछ ।
डिजिटल प्रविधि प्रासंगिक रहनको लागि हामीले इनोभेट र भ्यालु सिर्जना गर्न जारी राख्नु पर्दछ । क्लाउड, एआई र नेटवर्क तीन महत्वपूर्ण डिजिटल प्रविधि हुन् ।
जूले ह्वावेले यी तीन क्षेत्रहरुमा गरेको प्रगति, ह्वावेले लो–कार्बन विकास गर्न के गर्दै छ र समग्रमा उद्योग कहाँ जाँदै छ भन्ने कुरा पनि बताएका थिए ।
जूले ह्वावे क्लाउड, कम्पनीको क्लाउड सेवा जुन केवल चार बर्ष पहिले शुरू गरीएको थियो, अहिले नै २–३ मिलियन भन्दा बढि विकासकर्ताहरु, १४ हजार परामर्श साझेदारहरु, र ६ हजार प्रावधिक साझेदारहरुलाई रोजगार दिईरहेको खुलाएका छन् र ह्वावे क्लाउड मार्केटप्लेसमा ४५०० भन्दा बढी सेवाहरु उपलब्ध गराएको छ ।
यो इन्टरनेट कम्पनी, उद्यम र सरकारहरुलाई समान रूपमा आफ्नो संगठनहरुलाई डिजिटलतिर लाने एक महत्वपूर्ण प्लेटफर्म बन्न पुगेको छ ।
कार्यक्रममा, जूले उद्योगको पहिलो वितरित यूसिएस भनिने क्लाउड–नेटिभ सेवा लञ्च गरेका छन् जुन ह्वावे क्लाउडमा उपलब्ध छ ।
यूसिएसको साथ ह्वावेले उद्यमहरुलाई लगातार अनुभव प्रदान गर्ने योजना बनाएको छ, साथै क्लाउड–नेटिभ एप्लिकेसनको उपयोग भौगोलिक, क्रस–क्लाउड वा ट्राफिक सीमाहरुले सिमित छैन जसले सबै उद्योगहरुमा डिजिटल रूपान्तरण को गति बढाउँदछ ।
ह्वावेको फुल–स्ट्याक, अल–सिनारीयो एआई पोर्टफोलियो २०१८ मा जारी गरीएको र अपेक्षित रूपमा प्रगति गरीरहेको छ । यसको माइण्डस्पोर फ्रेमर्वोक चीनमा मेनस्ट्रिम एआई कम्प्युटिंग ढाँचा भएको छ ।
यस बीच, एटलस ९०० क्लस्टर, साथै क्लाउड सेवाहरु यसमा आधारितहरु वर्तमानमा ३०० भन्दा बढी उद्यमहरुको सेवामा छ जसले ह्वावे क्लाउड एबलनग ठूला मोडेलहरु रहेको धेरै मोडेलहरुको प्रशिक्षणलाई समर्थन गर्दछ । ह्वावे क्लाउड मोडेल आर्टसले एआई एप्लिकेसन विकासलाई यसको पाइपलाइन, सिनारियो–आधारित सेवाहरुसंगै धेरै सजिलो बनाएको छ ।
मोडेल आर्टसको एन्ड गोल हरेक इन्जिनियरलाई स्वतन्त्र रुपमा आफ्नै एआई एप्लिकेसनहरु को विकास गर्न सक्षम बनाउनु हो ।
जूले नेटवर्क डोमेनमा ह्वावेको इनोभेसनको परिचय दिएका थिए । जसरी संगठनहरु डिजिटलमा जान्छन्,उनीहरु नेटवर्क जटिलतामा छिटो बृद्धि देख्छन् ।
यसलाई घटाउनको लागि, ह्वावे अटोनोमस ड्राइभिंग नेटवर्क को अवधारणाको आधारमा ग्लोबल नेटवर्कको लागि सोलुसन इनोभेट गरी रहेको छ ।
कम्पनी वित्त, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रहरुमा ग्राहकहरुसंग इनोभेट गर्न र नयाँ अनुप्रयोगहरुको डिप्लोइको लागि काम गरी रहेको छ र नेटवर्कहरुको निर्माण गरीरहेको छ जो सेल्फ-फुलफिल्लिङ, सेल्फ–हिलिंग, सेल्फ–अप्टिमाइजिंग र अटोनोमस छन् ।
जूले कसरी ह्वावे लो–कार्बन विकासको समर्थन गर्न डिजिटल प्रविधिको उपयोग ग्लोबल प्रयासको अंगको रूपमा पिक कार्बनडायक्साईड इमिसन र कार्बन न्यूट्रालिटि हासिल गर्नको लागि कार्य गरीरहेको बताएका छन् । विशेष गरी, ह्वावे तीन प्रमुख पहलहरुमा केन्द्रित छ :
१) लो–कार्बन आईसिटी उद्योगको लागि अधिक एनर्जी–इफिसियन्ट आईसिटी उत्पादनहरुलाई वितरण गर्नको लागि एनर्जी–सेभिंग प्रविधिमा लगानी र इनोभेसन
२) पावर इलेक्ट्रोनिक्स र डिजिटल प्रविधि क्लिन एनर्जी र परम्परागत एनर्जीको डिजिटलाइजेशनलाई बढावा दिने इनोभेसनमा लगानी
३) सबै क्षेत्रहरुलाई डिजिटल र लो–कार्बनमा जान मद्दत गर्न डिजिटल प्रविधि प्रदान गर्ने ।
झांग पिंगआन, क्लाउड बियूको सिईओ र ह्वावे उपभोक्ता क्लाउड सेवाको अध्यक्ष, ह्वावे क्लाउडको रणनीतिक पहलको बारेमा विस्तृत जानकारी दिनुभयो र कार्यक्रममा नयाँ सेवाहरु र उत्पादनहरु शुरू गरेका थिए । सफल डिजिटल रूपान्तरणको बाटो भनेको क्लाउड नेटिभ बारे सोच्नु र क्लाउड नेटिभ जसरी कार्य गर्नु हो ।
झांग पिंगआनले ह्वावे क्लाउडले डिजिटलमा डुब्न र सबै कुरालाई सेवा को रूपमा सन्चालन गर्न सम्भाव्यताको अन्वेषण गर्नको लागि आफ्नो ग्राहक र साझेदार संग सामेल भएको– विश्वव्यापी पहुँचको लागि सेवाको रूपमा पूर्वाधार, फराकिलो इनोभेसनको लागि सेवाको रूपमा प्रविधि र साझा उत्कृष्टताको लागि सेवाको रूपमा विशेषज्ञता ।
झांगले मेक्सिको र चीनको उलान्काबमा दुई नयाँ क्षेत्रहरुको घोषणा गरे र १० नयाँ ह्वावे क्लाउड सेवाहरु सुरु गरेका छन् ।
घोषणा मा माक्रोभर्स–ह्वावे क्लाउड एपास, अप्टभर्स एआई सल्भर, ह्वावे क्लाउड स्ट्याक ८–१, स्पार्क आरटिसी – रीयल–टाईम अडियो र भिडियो सेवा र एबलनग, ड्रग मोड्युलको लागि एक ठूलो मोडेल सामेल थियो ।
उक्त कार्यक्रममा सामेल ग्राहक र साझेदारहरुमा क्रिस्टोफ ओजर, अरेन्ज क्लाउडका हेड (अरेन्ज फ्लेक्जीबल इन्जिन) एपिएसी का प्रमुख; वू किआंग, टियांजिन पोर्ट होल्डिंग्सका उपाध्यक्ष; चेन हाइनिंग, शंघाई पुडोंग विकास बैंकबाट आइटी विभागका महाप्रबन्धक; र जिआंग चुआनरोंग, शंघाई मिरर पिब्चरस्का अध्यक्ष रहेका छन् ।
कार्यक्रममा उनीहरुले आफ्नो डिजिटल रूपान्तरणको ह्वावेसंग संयुक्त इनोभेसनको आफ्नो अनुभवको वर्णन गरेका थिए । वू किआंका अनुसार तिआनजिन पोर्ट लगभग २० मिलियन कन्टेनरको वार्षिक थ्रोपुट सहित संसारको शीर्ष १० पोर्टहरुमध्ये एक हो ।
ह्वावे क्लाउड अप्ट भर्स एआई सल्भरले हाम्रो योजनाको गति १०० भन्दा बेसीले बढाउँछ जुन लाखौंको भेरीएबल र कँस्ट्रेस्, अधिकतम श्रोत सेड्युलिंग र सुपरचार्ज अपरेशन दक्षतामा आधारित रहेको कम्पनीले बताएको छ ।
जूले आफ्नो मन्तव्यको अन्त्य गर्दै ननस्टप इनोभेसन अहिले सम्म डिजिटलकरणको ड्राइभिङ र्फोस रहेको बताएका छन् ।
अगाडि बढ्दै जाँदा यदि हामी डिजिटलाइजेशनको लागि अधिक महत्वकांक्षी लक्ष्यहरु हासिल गर्ने आशा गर्छौं भने ननस्टप इनोभेसन प्रमुख नै रहनेछ । त्यसैले एक राम्रो भविष्यको लागि ननस्टप इनोभेट गर्दै गरौं भनेर पनि उनीले बताए ।
ह्वावेले ह्वावे कनेक्ट २०२१ सेप्टेम्बर २३ देखि अक्टोबर ३१ सम्म अनलाइन होस्ट गर्दैछ । यस बर्षको कार्यक्रमको थिम डाइभ इन डिजिटल हो ।
ह्वावेले सबै उद्योगहरुमा क्लाउड, एआई जस्ता प्रविधिको व्यावहारिक एप्लिकेसन र सबै आकारको संगठनहरुलाई अधिक कुशल, अधिक बहुमुखी र अन्ततः अधिक फराक बनाउने कुराको गहिराइमा छलफल गर्नेछ ।
अपडेट
जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने
गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …
अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बैक खातामा रकम पठाउन सकिने
काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…
सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट
दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस…
एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रमियर लिग’
एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग …
असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी
नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फा…
काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने
काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…
राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय
मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…
असोज १० गतेदेखि १६ गतेसम्म डिजिटल किताब जात्रा
हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १…
आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल
एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा क…
राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका
राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी द…
उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड
नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल…
ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट
ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिस…
अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै
विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिट…
चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल
चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको …
इसेवा मनि ट्रान्सफरको चाड पर्व उपहार योजना, उपहारमा स्मार्ट टीभी देखि स्कुटीसम्म
इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘…