कीवर्डहरू -

अपडेट

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्युव जस्ता सामाजिक सञ्जालमा गलत सूचना धेरै आए ।

विश्व मै पहिलो पटक देखिएको नायँ रोग कोभिड-१९ बारे अन्योल हुदा के गलत के सही भन्ने छुट्याउन सर्वसाधरणलाई गाह्रो थियो ।

त्यस्ता गलत सूचनालाई कम गर्न र सही जानकारी सर्वसाधरणसम्म पुर्‍याउन केही प्रयत्न पनि भए । त्यसमध्येको एउटा प्लेटफर्म हो नेपाल कोभिड सपोर्ट डटकम

नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै नेपाल कोभिड सपोर्टले काम सुरु गरेको थियो । उसले कोरोना सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

कोभिडसँग सम्बन्धित सही सूचना उपलब्ध गराउन यो अभियान सूरु गरेको नेपाल कोभिड सर्पोटका संस्थापक दिवेश गिरीले बताए ।

यसले सहि जानकारी दिने, सूचना संकलन र आफ्नो वेबसाइटमा अपडेट गर्ने काम गरिरहेको छ । कोरोना संक्रमणको अवस्थामा कोरोना संक्रमितदेखि सर्वसाधरणलाई धेरै सजिलो भएको छ ।

यसले क्राउड सोर्समार्फत अक्सिजन, प्लाज्मा, टेलिमेडिसन, एम्बुलेन्स, होम पीसीआरलगायतको नम्बर बारे ‘भेरिफाइड’ सूचना प्रदान गर्छ ।

नेपाल कोभिड सपोर्टमा अक्सिजन सप्लायर, एम्बुलेन्स, होम पीसीआर सेवा, ब्लड बैंक, टेलिमेडिसिन, हटलाइन लगायतको सम्पर्क नम्बर राखिएको छ ।

यसमा राखिएका नम्बरमा फोन गरेर सेवा लिएको वा नलिएको जानकारी दिन सकिन्छ । त्यसका लागि ‘थम्सअप’ र ‘थम्सडाउन’को सुविधा रहेको छ ।

नेपाल कोभिड सपोर्टमा राखिएका नम्बरबाट सेवा पाइएमा ‘थम्सअप’मा क्लिक गर्न सकिने छ भने नपाइएमा ‘थम्सडाउन’मा क्लिक गर्न सकिने छ ।

‘थम्सअप’ र ‘थम्सडाउन’बाट कुन नम्बरमा फोन गर्दा सेवा पाइन्छ र कुनमा फोन गर्दा सेवा पाइदैन भन्ने स्पष्ट जानकारी पाइने नेपाल कोभिड सपोर्टले जनाएको छ ।

कुन अस्पतालामा बेडको अवस्था के छ भनेर सरकारले नै जानकारी दिन थालेपछि आफूहरुले त्यसको तथ्यांक नराखेको संस्थापक दिवेश गिरीले बताए ।

नेपाल कोभिड सपोर्टमा ‘एड डेटा’ अप्सन पनि रहेको छ । जसबाट डेटा पठाउन सकिन्छ । उक्त डेटा टिमले ‘भेरिफाइ’ गरेपछि मात्र वेबसाइटमा देखिन्छ ।

साथै ‘जोइनअस’ अप्सनमा क्लिक गरेर कसैलाई स्वयमसेवकको रुपमा काम गर्न मन भएमा त्यहाँ राखिएको फारम भरेर जोडिन सकिन्छ ।

उनीहरुले नेपाल कोभिड १९ सपोर्ट फेसबुक ग्रुप पनि चलाएका छन् । जसबाट धेरै मानिसहरुलाई सहयोग पनि गरेको उनले बताए ।

फेसबुक पेजमार्फत विभिन्न ठाउँमा उपलब्ध भएका अक्सिजनदेखि पीसीआर परीक्षण, डाक्टरको सहयोग चाहिएमालगायतका जानकारी गराउँछन् ।

यसअघि उनीहरुले प्लाजमा कनेक्ट वेबसाइट पनि चलाएका थिए । प्लाज्मा दिन चाहने कोरोना संक्रमणमुक्त र प्लाज्मा लिनुपर्ने अवस्थाका बिरामी तथा उनीहरुका आफन्तलाई जोड्न यो वेबसाइट बनाइएको थियो ।

अपडेट

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ…

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

बुधबार ट्विटर नेपाल ट्रेडिङमा 'नेप्से' पुगेको  छ ।  मंगलबार र बुधबार ह्यासट्याग नेप्सेमा हजारौं ट्विट भएका छन् ।

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?

आगामी जुन २४ मा विन्डोज ११ सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ । अहिले विन्डोज १…

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभा…

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझ…

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबा…

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ ले अनलाइनबाटै सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेव…

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागु गरी शहरी यातायातलाई प्रविधिमैत्री…

सार्वजनिक भयो ‘सत्कार’ एप, ग्राहकले कतै नछोएर स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने

कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि …

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डो…

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परि…

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

अमेरिकाको सर्वाेच्च अदालतले लिंक्डइनलाई डेटा स्क्रयापिङ ब्लक गर्नका निम्ति एउटा अझै म…

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील …

विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो

प्रयोगकर्ताहरुले पछिल्लो विन्डोज टेन अपडेटमा विभिन्न समस्याहरु भएको रिपोर्ट गरेका छन्…