कीवर्डहरू -

अपडेट

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आजदेखि शुरू भएको हो ।

आगामी असोज ३ गतेसम्म वर्कशप सञ्चालन हुनेछ । मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि राष्ट्रिय वर्कशप सन् २०१८ बाट शुरू भएको थियो । बुधबारदेखि सञ्चालन चौथो संस्करणको वर्कशप हो । यस वर्कशपमा २ सय भन्दा बढीले रजिष्ट्रेसन गरेका छन् ।

५ दिन सम्म सञ्चालन हुने यस कार्यक्रममा देश तथा विदेशका  विशेषज्ञहरूले वर्कशपमा तालिम दिनेछन् ।

कार्यक्रमको कीनोट स्पीकरको रूपमा अमेरिकाको हावर्ड विश्वविद्यालयका प्रा.डा. डण्ड रावत, काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, फ्युजमेसिन्सका संस्थापक डा. समिर मास्के र इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा. शशीधर राम जोशीले उपस्थिति रहने छ ।

त्यस्तै गेष्ट स्पीकरको रूपमा सीक्यु विश्वविद्यालयका पोष्ट डक्टरल रिसर्च फेलो डा. आनन्द कोइराला, जेनेस सोलुसनका ग्लोबल सीटीओ अञ्जनी फुँयाल, एप्पलकी सिनियर सर्च रिलिभेन्स डा. अर्चना भट्टराई, ट्रिलिफ टेक्नोलोजिज प्रालिका सह-संस्थापक अशोक कुमार पन्त, काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा. बाल कृष्ण बलको उपस्थिति हुने आयोजकले जनाएको छ ।

त्यस्तै डा. दोभान राई, डा. झनक पराजुली, इ. ज्ञानेश्वर बोहरा, डा. मनिष थापा, डा. मनोज कार्की, डा. विशेष खनाल, विशाल लामिछाने, डा. भोगेन्द्र मिश्र लगायतको सहभागीता हुने छ ।

यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स, ट्रान्सफर लर्निङ, क्वान्टम एआई, फोरकाष्टिङ, क्लाउड कम्प्युटिङ लगायतका विषयको बारेमा जानकारी पाइने छ । साथै अन्त्यमा प्रोजेक्ट वर्क समेत हुनेछ ।

कार्यक्रम हरेक दिन  बिहान ७ बजे  देखि  बेलुका ६ बजेसम्म संचालन  हुनेछ । यसमा सहभागी हुनेले प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।

यस वर्कशपमा शैक्षिक सहयोगीको रूपमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन  विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ  र  नेपाल  खुला विश्वविद्यालय, सीएसआईटी एशोसिएसन अफ नेपाल, नामी रहेका छन् ।

त्यस्तै प्रायोजकको रूपमा फ्युजमेसिन्स नेपाल, ट्रिलिफ, पास्कल कलेज, एक्सटेन्सो डेटा, आदिम कलेज रहेका छन् । त्यस्तै पोर्टनरको जेनेस सोलुसन र दियो डटएआई रहेका छन् भने मिडिया पार्टनरमा आइसिटी समाचार रहेको छ ।

अपडेट

ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भए…

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ स…

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत …

डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तन…

अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२

एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा…

ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक…

बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भ…

पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका 

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र स…

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गा नमुनाले मङ्गल ग्रहमा लामो समयदेखि पानी रहेक…

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्र…

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्‍यो प्लेटफर्म

नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स…

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकार…

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक …

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद…