अपडेट
भायानेटको मिनी प्याक अफरः मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र एनसेलको ४८ जीबी डेटा
अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्लान’ सार्वजनिक गरेको छ । थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा सुपरफाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले जानकारी दिएको हो ।
८०० रुपैयाँ प्रतिमहिना तिर्नेगरी मिनीप्याक–७५ लिने ग्राहकहरूले ७५ एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने भएका हुन् ।
यो योजना लिँदा नयाँ वष अफरअन्तर्गत भायानेटले एनसेल सीम पनि निःशुल्क उपलब्ध गराउनेछ । सीम लिएका ग्राहकहरूले प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउने भायानेटले जनाएको छ ।
यो सीमबाट ग्राहकहरूले अन्य एनसेल नम्बरमा कल गर्न मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जीबी थप निःशुल्क मोबाइल डाटालगायत उत्कृष्ट र उपयोगी सुविधाहरू पनि पाउनेछन् ।
भायानेटले दुई हप्ता अघिमात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरू पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो ।
यस अल्ट्राफाई प्रोडक्ट लाइनहरूको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै दुईवटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।
मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्ने भायानेटले दाबी गरेको छ ।
अपडेट
विद्युतीय मतदानको तयारीमा निर्वाचन आयोग
नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन…
अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना
आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस …
पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु
जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि …
शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने
सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथ…
जेनेस सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले क्लाउड कम्प्युटिङ पढाउने
क्लाउड कम्प्युटिङ प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्…
सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सवः डिजिटल कारोबार गर्दा १५ प्रतिशतसम्म ‘क्यासब्याक’ योजना
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न…
विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?
अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शन…
कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ?
नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…
सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदाय…
गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट
टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछि…
होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने
होटल याक एण्ड यतीमा आज दिउँसो १ बजेदेखि प्रेसिडेन्सियल आइटी कन्क्लेभ आयोजना हुने भ…
६६४ जनालाई क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिन सकिन्छ आवेदन
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ६६४ जना कर्मचारी मागेको छ । कम्पनीले कर्प…
वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला शुरू
भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) स…
बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै
शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को …
बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी
पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरे…