कीवर्डहरू -

अपडेट

अब नेपालमै विद्युतीय सवारीसाधन निर्माण हुने, रुपन्देहीमा एसेम्बल प्लान्ट स्थापना हुँदै

विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर आज (शुक्रबार) खुल्दै छ ।

त्यो प्रक्रिया पूरा भई सम्झौता भएको छ महिनामा विद्युतीय बस ल्याउन सकिने साझा यातायातले जनाएको छ ।

साझाले गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको थियो । ४५ दिने बोलपत्र गरिए पनि विश्वव्यापी कोरोनाका कारण ढिलाइ हुन पुगेको साझा यातायातले जनाएको छ ।

खरिद प्रक्रिया अघि बढेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए । उनका अनुसार बोलपत्र खुला गरिसकेपछि करिब डेढ महिना टेन्डरको मूल्याङ्कन गर्न लाग्नेछ । समितिले मूल्याङ्कन गरेपछि सम्झौता गरिने र सम्झौता भएको करिब छ महिनामा विद्युतीय बसहरू ल्याउन सकिनेछ ।

तुलाधरले भने, ‘कोरोनाका कारण दुई महिना ढिला भयो, टेन्डरको मूल्याङ्कनपछि सम्झौता हुन्छ । सम्झौता भएपछि मात्र कम्पनीहरूले बस बनाउने भएकाले छ महिनामा बसहरू आउने सम्भावना छ ।’

उनका अनुसार सम्झौतापछि चरणबद्ध रूपमा निर्माणको काम हुनेछ । सुरुमा निर्माण कम्पनीले तीनवटा बस नेपालका सडकमा गुडाएर परीक्षण पास गर्नुपर्नेछ । परीक्षण सफल भएपछि थप बस ल्याइने तुलाधरको भनाइ छ ।

उनका अनुसार सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका लागि पार्टपुर्जा उपलब्ध गराउनु पर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुनसक्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ । पहिलो चरणमा ४० वटा बस ल्याउने तयारी छ ।

साझाको स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । पहिल्यै नरोकिएको भए हाल बस आइसक्ने साझाको दाबी छ ।

सुन्दरका २० वटा बस आउँदै

विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका २० वटा बस सिङ्गापुरमा रोकिएका छन् । चीनबाट ल्याइएका बस कोरोनाको बन्दाबन्दीका कारण हाल सिङ्गापुरमा राखिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

४० सिट क्षमताका ती बस भारतमा बन्दाबन्दी खुल्नासाथ नेपाल ल्याइनेछ । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरेको हो ।

बसहरू काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिनेछ । हाल सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ ।

एसेम्बल प्लान्ट निर्माण हुँदै

सुन्दर अटो इन्जिनियरिङ प्रालिले रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारीको एसेम्बल निर्माण गर्ने भएको छ । विद्युतीय बस, मोटरसाइकल, जिप र कारहरू निर्माण गरिने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

करिब तीन अर्ब ६० करोड रुपियाँको लगानीमा निर्माण गरिने एसेम्बल प्लान्टले पहिलो वर्ष तीन सय सवारी साधन निर्माण गर्ने लक्ष्य लिएको छ ।

दोस्रो वर्ष पाँच सय बनाउने र त्यसपछि कम्तीमा वार्षिक एक हजार विद्युतीय सवारी निर्माण गरिने योजना रहेको थापाको भनाइ छ ।

सुन्दर अटोले दुबईको सेक ग्रुप र चीनको बीएके ग्रुपको संयुक्त लगानीमा एसेम्बल प्लान्ट स्थापना गर्न लागिएको हो ।

उनले भने, ‘जग्गा प्राप्त भएको छ, आगामी साता सम्झौता गर्छौं । त्यसपछि हामी शिलान्यास गर्छौं, शिलान्यासको भएको करिब नौ महिनामा सबै संरचना निर्माण गर्छौ । एसेम्बलका सामानहरू पनि ल्याउने तयारीमा छौँ ।’

जग्गा दिनका लागि सैनामैना नगरपालिकाले पालिका सभाबाट नै प्रस्ताव पारित गरिसकेको जनाइएको छ । गोरखापत्र बाट


अपडेट

अप्राविधिकलाई लक्षित गरी नेपालमै पहिलो पटक एआई वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको संस्था फ्यूजमेसिन इंकले ‘ए…

सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड

ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फ…

साउन १ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स वितरण हुने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चाल…

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत

सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको …

इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै 

इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…

सामाजिक सञ्जाल दिवस, यस्ता छन् केही तथ्य

सामाजिक सञ्जालले विश्वलाई एउटा प्लेटफर्ममा ल्याएको छ । जहाँ विश्वभरका करोडौं व्यक्ति एकै ठाउँ बसेर छलफल गर्न सक्छन् । स…

ट्विटरले समाधान गर्‍यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग

ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले के…

वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम 

जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप …

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…

नबिल बैंकले स्थापना गर्‍यो ‘नबिल दिगो बैंकिङ’

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल…

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस…

स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटा…

साउनबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

सरकारले आगामी साउनदेखि  सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य …

चीनले शेयर गर्‍यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)

चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङ…