अपडेट
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने
ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ ।
यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आईतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार भएको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् । सो उद्घाटन पश्चात ७ वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।
ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उदेश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको एसएसपी जोशीले जानकारी दिए ।
किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने समेत उनले बताए ।
अपडेट
जेनेस सोलुसन आईएसओ २७००१ सर्टिफाइड
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसन आईएसओ सर्टिफाइड भएको छ । जेनेस इन्फर्…
क्रिप्टोकरेन्सी बजार क्रयास हुँदा एक ट्रिलियन डलर घाटा
विश्वव्यापी रुपमा क्रिप्टो बजारले एक ट्रिलियन अमेरिकी डलरको घाटा व्यहोरेको छ । बिटक…
ई-क्याबको सेवा शुरू, यस्ता छन् सुविधा
अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने प्लेटफर्म ई-क्याब नेपालको सेवा शुरू भएको छ । यात्र…
वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयलाई काठमाडौँ महानगरपालिकाको निर्देशन
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पि…
ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ग्राहकलाई निःशूल्क डु…
अनलाइन कक्षाका लागि मासिक २८८ रूपैयाँमा विद्यार्थीलाई इन्टरनेट दिदै डिशहोम
नेपालमा कोरोनाको तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अ…
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । ज…
हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो
विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट ए…
सुरक्षण मुद्रणमा परीक्षण छपाइ, अब स्वदेशमै अन्तःशुल्क स्टिकर छाप्न सकिने
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन …
क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपर…
के तपाईको फेसबुक पोष्टमा नराम्रो कमेन्ट आउँछ ? यस्तो छ रोक्ने तरिका
फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…
साइबर आक्रमणसँग लडन अष्ट्रेलिय र बेलायतको सहकार्य
अष्ट्रेलिया र बेलायतले साइबर आक्रमणहरुसँग लडनका निम्ति सहकार्य गरेका छन् । यी दुई र…
अनलाइनमा विदेशीलाई जुवा खेलाउने १२ जना पक्राउ
अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरील…
एफटीटीएच उपलब्ध नभएका ठाउँमा टेलिकमको फोरजी नमस्ते वाईफाई, कति पर्छ मूल्य ?
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा त…
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमल…