अपडेट
वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो प्रादेशिक स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश संवाद हुने भएको छ ।
प्रदेशको मूख्य शहर वीरगन्जको विशुवा होटलमा आईतबार उक्त फेस्ट हुनेछ । विहान ११ देखि साँझ ६ बजेसम्म आयोजना हुने समारोहमा स्टार्टअप एण्ड आईडिया फेस्ट बाहेक ‘एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन’, ‘आईडिया पिचिङ’ र ‘डिजिटल मधेश सम्वाद सेसन’ समानन्तर समयमा आयोजना हुनेछन् ।
स्टार्टअप एण्ड आईडिया फेस्टमा मधेश प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् ।
आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई ‘आईडिया इन्कुबेसन’ का लागि छनौट गरी सम्भावित लगानी भेर्सहरुसँग सम्पर्कमा समन्वय गरिनेछ ।
मूलधारको दृष्टिमा पर्न नसकेका वृहत सम्भावना बोकेका मधेस प्रदेशका आईडिया र स्टार्टअपहरुलाई राष्ट्र्रिय स्तरको पहिचान दिने कार्यक्रमको उदेश्य हो ।
यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा नवप्रवर्तनकै क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।
साँझ ३ देखि ६ बजेसम्म हुने मन्त्रीस्तिरीय डिजिटल मधेस सम्वादमा आईसीटी क्षेत्रका मधेस प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल सम्वाद आयोजना हुनेछ ।
मधेश प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुनेछ ।
प्रदेश स्तरीय स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हालसम्म गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भईसकेको छ भने अन्य प्रदेशमा हुँदैछ ।
चैत्र १८ मा पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशको आईडिया पिचिङ सेसनबाट सात्विक न्युट्रिन्ट्स, हेल्लो हेल्थ क्लिनिक, एकल होम सोल्युसन, क्वाड गेम र एक्सडेजो कम्पनी ‘इन्कुबेसन’ का लागि छनौट भएका थिए ।
यसैगरी चैत्र २३ मा बुटवलमा आयोजना भएको लुम्बिनी प्रदेशको आईडिया पिचिङ सेसनबाट ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टि टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी छनौट भएका थिए ।
मधेस प्रदेशको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वादकामा सहभागी हुन चाहाने इच्छुकहरुले यहाँ क्लिक गरेर आवेदन दिन सक्ने छन् ।
अपडेट
गूगल डक्समा इमोजी रियाक्सन फिचर
गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताल…
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम
डिशहोम फाईबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंच…
नास्टले बनाएको विद्युतीय स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० प…
काठमाण्डौं युथ कन्क्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट
आगामी चैत २६ मा काठमाण्डौं युथ कन्क्लेभ हुने भएको हो । यो कार्यक्रममा युवाहरुलाई उ…
दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका
दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । …
लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टा…
लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना
प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कान…
डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ । यसका लागि प्राधिक…
एडिट फिचरमा काम गर्दै ट्विटर
ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फि…
नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग गर्न सकिने
नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकार…
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागे…
ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता
हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरे…
कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…
मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने
आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको…
सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट
सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’…