कीवर्डहरू -

अपडेट

चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने

विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो ।

निर्माण जिम्मा पाएको चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ ।

सर्भेपछि चीनबाट मेसिन ल्याउने तयारी भइरहेको तर कोरोना महामारीको निषेधाज्ञाले प्रभावित भइरहेको प्राधिकरणका परियोजना प्रबन्धक सागर ज्ञवालीले बताए । कोरोनाका कारण निर्माणस्थलमा गएर गर्नुपर्ने कामहरू प्रभावित भएका छन् ।

सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गरेपछि प्राधिकरणले चार्जिङ स्टेसन निर्माण अघि बढाएको हो ।

प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा ५० वटा स्टेसन निर्माणका लागि ३८ करोड रुपियाँमा निर्माण सम्झौता गरेको हो । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । ५० स्टेसनमध्ये सात प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकता अनुसार पूर्व–पश्चिम राजमार्गमा राखिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारी साधनका लागि छुट्टाछुट्टै चार्जिङ सुविधाको व्यवस्था गरिनेछ ।

साधारण चार्जर प्रविधिले एउटा सवारी साधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्दछ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारी साधन बढीमा डेढ घण्टामा चार्ज हुनेगरी स्टेसन निर्माण हुने प्राधिकरणले जानएको छ । पूर्ण चार्ज भएका सवारी साधन ३५० किलोमिटरसम्म गुड्न सक्छन् ।

सडकमा गुडिरहेका विद्युतीय सवारी साधनले मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सक्नेछन् ।

स्टेसनमा कार्ड वा अनलाइनबाट भुक्तानी गरिसकेपछि गाडी चार्ज गरिनेछ । भुक्तानी गरेको रकम बराबरको चार्ज भइसकेपछि उक्त सवारी साधन थप चार्ज हुँदैन ।

५० वटै स्टेसनको नियन्त्रण काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुका लागि रेस्टुरेन्ट, खेल मैदान, शौचालयलगायतका संरचना पनि निर्माण हुनेछ । यात्रुको खाना, नास्ताको समयमा सवारी साधन चार्ज गर्न सकिनेछ । गोरखापत्र बाट

अपडेट

अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने

अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सक…

खल्ती डिजिटल वालेटमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

डिजिटल वालेट खल्तीमा बैंक  खाता लिंक गर्दा १०० रूपैयाँ  बोनस पाइने भएको छ ।

भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’


सरकारले नागरिक एप सम्बन्धि कुनै पनि प्रश्न वा समस्या भएमा सहयोग गर्ने उद्देश्यले भाइबरमा नागरिक एप ‘हेल्प डेस्क…

फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरलाई थप पैसा दिने

फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरहरुलाई थप पैसा दिने भएको छ । यसको लागि इन्स्टाग्र…

सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने

लुम्बिनी प्रदेशले सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभा…

लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको छ  । म…

लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ  । मंगल…

प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाइने 

लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ …

मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमे…

नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्था एक भारतीय पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अव…

बुधबार ‘सेल्फी विथ डटर’ दिवस मनाइँदै, १ हजार बढीले पठाए सेल्फी  

बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको 'सेल्फी विथ डर्टर्स' अभियान बुधबार एक ब…

एप्पलले के के सार्वजनिक गर्‍यो वार्षिक डेभलपर सम्मेलनमा ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२१ सोमबारदेखि सुरु भएको छ। …

रेस्पोन्सिबल व्यवसाय २०२१ मा  ह्वावे सामेल 

ह्वावे रेस्पोन्सिबल व्यवसाय २०२१ मा सामेल भएको छ । रेस्पोन्सिबल व्यवसाय २०२१, रोयटर्स…

डिशहोममा गाभियो प्रभु टिभी

डिश मिडिया नेटवर्कमा प्रभु टिभी र इन्टरनेट गाभिएको छ । करिब १ महिना अगाडि डिशहोम…

विश्वका प्रमुख न्युजपेपरका वेबसाइट डाउन

संसारका प्रमुख मिडियाका वेबसाइटहरु डाउन भएका छन् । गार्जिएबन, फाइनान्सियल टाइम्स, इनडेपेन्डेटन्ट, न्युयोर्क टाइम्स जस्ता अनलाइन डाउन भएको बीबीसीले जनाएको छ ।…