अपडेट
नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने
नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।
‘कर्पोरेट पे’ मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृति लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ ।
यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टि लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अपु्रभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
नेपाल बङ्गलादेश बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाटफर्महरु प्रदान गर्दै आएको छ र यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।
यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले जनाएको छ ।
अपडेट
खोप लगाउन कोही नागरिक वञ्चित नहुने
स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…
फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल
एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…
धुलिखेल नगरपालिकाले शुरु गर्यो अनलाइन कर भुक्तानी सेवा
धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…
तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास
दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…
ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने
ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भए…
आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर
राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न …
उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था
पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाह…
‘सबै नेपालीलाई कोरोना खोप’
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्र…
दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोड…
ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा
स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुव…
अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने
अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका …
ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ
सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने भएको छ । एन्ड्रो…
सामसङले सार्वजनिक गर्यो ११० इन्चको माइक्रोएलइडी टिभी
विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ११० इन्च माइक्रो एलइडी टिभी सार्वजनिक ग…
माछापुच्छ्रे बैंकले पनि शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल …