अपडेट
महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग मंङ्सिर २५ गते बिहिबार सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएडएल आइपीएसमा रियल–टाइम वा नन रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् ।
उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ ।
त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अप्रुभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास बैंकले लिएको छ ।
अपडेट
भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल
ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँ…
सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?
भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न स…
उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा
नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सु…
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी…
खोप किन्न दातासँग हात फैलाउँदै सरकार
कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने …
अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट
अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट ब…
सुबिसुले शुरु गर्यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा
सुबिसु केबलनेट प्रालिले आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले ५ जिग…
उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत
कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचि…
युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने
युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्…
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग
नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …
ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…
अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने
अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको…
आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?
स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्या…
तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ
सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । …
नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’
राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वा…